Trending
  • वनदेवि सामुदायिक वनमा भिषण आग्लागी ,नियन्त्रणको प्रयास जारी (फोटो फिचर) - Butwal Online

    वैशाख,१८ पाल्पा 
    सदरमुकाम तानसेन नजिकैको वनदेवि सामुदायिक वनमा भिषण आग्लागी भएको छ । बुधबार दिउँसो देखि लागेको आगो अहिले सम्म नियन्त्रणमा आउने सकेको छैन् ।



    आगो नियन्त्रणको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, जिल्ला वन कार्यालयका कर्मचारी र तानसेन नगरपालिकाको दमकलले आगो नियन्त्रणको प्रयास जारी राखेका छन ।

    सामुदायिक वनमा सल्केको आगो नियन्त्रणमा नआउँद सेक्टर वन कार्यालयको भवन र कार्यालयको क्यानटीन उच्च जोखिममा रहेको सेक्टर वन कार्यालयका रेन्जर यमलाल पोखरेलले जानकारी दिनुभयो । नेपाल प्रहरी, सेना सशस्त्र र दमकलको प्रयासमा जिल्ल वन कार्यालयको नर्सरी भने अहिले सम्मको अवस्थामा जोगाउन सकिएको रेन्जर पोखरेलले बताउनुभयो ।

    वनमा लागेको आग्लागीका कारण होलाङ्गदी ढुङ्गाखानि बाईपास भएर आवतजावत गर्ने सवारिसाधन र यात्रु प्रभावित भएका छन । बाईपास भएर चल्ने सवारिसाधन र यात्रुको आगमनलाई सहज बनाउन आग्लागी नियन्त्रणको प्रयास जारी रहेको छ ।

    फोटो / सुनिल कार्की

    सुनिल कार्की

    सुनिल कार्की बुटवल अनलाइनका पाल्पा सम्बादाता हुन्

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार