व्यापार छैन तर पसल खुलै - Butwal Online
व्यापार छैन तर पसल खुलै

नेपालगन्ज १९ बैशाख 
नेपालगन्जको प्रमुख व्यापारीक स्थान भनेर घरबारीटोललाई चिनिने गरीन्छ । अन्य स्थान भन्दा पनि भिडभाड घरबारीटोलमै हुने गर्छ । विशेषगरी कस्मेटिक, लुगा, तयारी पोसाक, रेडिमेड फेन्सीका लागी होलसेल तथा फुटकरका लागी अधिकाशंको रोजाई घरबारी टोल नै हुने गरेको हुन्छ ।

अहिले नेपालगन्जको घरबारीटोलको सडक पुननिर्माण हुदैछ । सडक विस्तार सगै पुननिर्माण गरीन थालिएको उक्त सडक फराकिलो हुने निश्चित भएको छ । अहिले निर्माण भैरहेको सडकका वारीपारी स्थित पसलहरुको व्यापार भने चलेका छैनन । सडक निर्माण गर्दा हिडडुलमा समेत भएको अवरोधका कारण व्यापार नभएको स्थानिय व्यापारी सुवास न्यौपानेले बताए ।

व्यापार नभएपनि अधिकाशं पसलहरुभने खोलिएका देखिन्छन । आएका ग्राहकलाई फिर्ता नपठाउने उदेश्यले व्यापार नभएपनि पसल खोलिएको व्यापारी न्यौपानेले जनाए ।

 

सधैजसो आउने ग्राहकहरु सडक नभएपनि खोजि खोजि आउने गर्नुहुन्छ उहाँहरुलाई त्यसै फर्काउन नि मिलेन स्थानिय व्यापारी विमल ढकालले बताए । यहि असार मसान्त सम्म घरबारी टोलको सडक निर्माण भैसक्ने गरी काम भैरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार