Trending
  • बुटवल बिहानै देखि अधेरियो, कालो मडारिएको बादल सहित बर्षा - Butwal Online
    बुटवल बिहानै देखि अधेरियो, कालो मडारिएको बादल सहित बर्षा

    बुटवल, २० बैशाख 

    अहिले बुटवल र यस आसपास अत्यन्त ठुलो हावा हुरी चलेको छ । बिहानै देखि अधेरीएको मौसम अहिले जनजिवननै त्रसित गर्ने गरी हावाहूरी चलेको छ ,।




    केहिदिन यता बढेको गर्मीको त्रासमा रहेका बासिन्दाहरुलाई आज बिहानै देखिको मौसमको गडबडीले झन त्रसित बनाएको छ ।
    आकासमा डरलाग्दो तरिकाले कालो बादल मडारिएको छ । मौसमबिद हरुका अनुसार आज मेघ गर्जन सहित पानि पर्ने छ ।
    खराव मौसमका कारण बिहानै देखिका कार्यक्रमहरु प्रभावित हुन थालेका छन ।

    यस्तो छ मौसम पूर्वानुमान

    वैशाख २० गते (शुक्रबार):

    दिउँसोः देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको संभावना रहेको छ |

    राति: देशभरि सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा मेघ गर्जन, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ |

    वैशाख २१ गते (शनिबार):

    दिउँसोः देशको पूर्वी भू-भागमा पूर्ण बदली, मध्य र पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी भू-भागका अधिकांश स्थानहरूमा, मध्य र पश्चिमका केही स्थानहरूमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको संभावना रहेको छ|

    राति: देशको पूर्वी भू-भागमा पूर्ण बदली, मध्य र पश्चिमी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी भू-भाग लगायात मध्य तथा पश्चिमी पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको संभावना रहेको छ |

    फोटोः विकाश पराजुली र सामाजिक सञ्जाल बाट

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार