बुटवलमा सडकमै सवारी चालकको आँखा परीक्षण - Butwal Online
बुटवलमा सडकमै सवारी चालकको आँखा परीक्षण

बुटवल, २० वैशाख 
सडक दुर्घटना न्यूनीकरण अभियान अन्तर्गत शुक्रबार विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्यमा सवारी चालकहरुको आँखा परीक्षण गरिएको छ ।


प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयले संचालन गरेको ट्राफिकसप्ताहकै बीचमा रोटरी क्लब अफ सेन्ट्रल बुटवल, रोटरी क्लब अफ तिनाउ बुटवल, रोटरी क्लब अफ बुटवल साउथ, रोटरी क्लब अफ बुटवल डाउनटाउन र पश्चिम नेपाल बस व्यवसायी संघको संयुक्त आयोजनामा बुटवल बसपार्कमा चालकहरुको आँखा परीक्षण गरिएको हो ।


रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष टंकप्रसाद पोखरेलको अध्यक्षता तथा रोटरी क्लब अफ तिनाउ बुटवलका अध्यक्ष जमूना पौडेलको संचालनमा सम्पन्न भएको शिविरको उद्घाटन ५ नंं प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले गरेका थिए । सो अवसरमा बोल्दै प्रहरी नायब उपरीक्षक बुढाथोकीले लामो समय एकै विषयमा ध्यान केन्द्रित हुंदा चालकहरुको आँखामा पनि समस्या देखिने भएकोले आँखा परीक्षण गरिएको बताए ।

कार्यक्रममा रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष पिताम्बर ज्ञवाली, मजदुर नेता कृष्ण कंडेल, डा. उपेन्द्र मल्ल भारीलगायतले मन्तव्य व्यक्त गरेका थिए । शिविरमा करीब ५ सय सवारी चालक तथा मजदुरहरुले आंखा परीक्षण गरेको रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष टंकप्रसाद पोखरेलले जानकारी दिए । शिविरमा रणअम्बिका आँखा अस्पताल भैरहवाका नेत्र विशेषज्ञ तथा प्राविधिकहरुले प्राविधिक सहयोग रहेका थिए ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार