आज मातातिर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन - Butwal Online
आज मातातिर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन

बुटवल, २१ बैशाख । आज आमाको मुख हेर्नै दिन अर्थात मातातिर्थ औसी मनाइदै छ । पौराणीक कालदेखिनै मनाउदै आएको यस आमाको मुख हेर्ने दिनमा आमाले गरेका महान र कष्टपूर्ण कामहरुको सम्झना गरिन्छ ।

आजको दिन बिहान सबेरै उठी स्नान गरी आमालाई उपहार प्रदानगर्ने, मिष्ठान्न भोजन खुवाई आमाको मुख हेर्ने र आशिर्वाद लिने गरिन्छ । आज आमाबाट टाढा रहेका सन्तानहरु आमालाई भेट्न पुग्छन् ।

आमालाई मीठा खानेकुरा खुवाउँछन् । विवाह गरेर पतिका घर गएका चेलीबेटीहरु मिठा परिकारहरु सहित आमाघर अर्थात माइतीघर पुग्दछन् । आमा नभएकाहरूले पनि आमाको आत्माको मुक्तिको कामना गर्दै आज श्राद्ध तर्पण गरी मातृत्वको स्मरण गर्दछन् । आजकोदिन आमाले गरेका महान् र कष्टपूर्ण कामहरुको सम्झना गरिन्छ । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झने दिन हो ।सम्पूर्ण आमाहरुलाई हाम्रो तर्फबाट पनि कोटी कोटी नमस्कार, माया, सम्मान, व्यक्त गर्दछौ ।

यो पनि पढ्नुहोस 

पहाडको गाउँमा जन्मिएकी मेरी “आमा”

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार