महासचिव पौडेलले मतदातासंग माफि माग्नुपर्छ ः कांग्रेस नेताहरु - Butwal Online

बुटवल, २१ बैशाख ।
नेपाली कांग्रेसका बिभिन्न निकायमा उम्मेदवारी दिएका नेताहरुले नेकपाका महासचिव बिष्णु पौडेलले नैतिकताका आधारमा पार्टी महासचिव पदबाट राजिनामा दिन र मतदातासंग माफि माग्न सुझाव दिएका छन् ।
प्रतिनिधिसभा निर्वाचनमा पौडेलका निकतम प्रतिद्धन्दी युवराज गिरी लगायतका कांग्रेस नेताहरुले उक्त सुझाव दिएका हुन् ।
गिरीसँगै नेपाली काग्रेसबाट गत निर्वाचनमा प्रतिष्पर्धा गरेका प्रदेश सभाका उम्मेद्धारहरु महेशमान सिंहर र काजीमान श्रेष्ठ, बुटवल उपमहानगरपालिमा नगरप्रमुखका उम्मेद्धार खेलराज पाण्डे, सैनामैना नगरपालिकामा नगर प्रमुखका उम्मेद्धार फणिन्द्र शर्मा र तिलोत्तमा नगरपालिकामा नगरप्रमुखका उम्मेद्धार रामकृष्ण खाँण लगायतका नेताहरुले त्यस्तो सुझाव दिएका हुन् ।


आज बिहान बुटवलमा पत्रकार सम्मेलन गरी उनिहरुले पौडेललाई राजनीतिक नैतिकता भए राजिनामा दिन सुझाव दिएका हुन् ।
रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं २ का आम नागरिकहरु हाम्रा आफ्ना जनप्रतिनिधीहरु असल, इमान्दार, लगनशिल, कक्र्तव्यनिष्ठ, सद्चरित्रवान, निष्कपट र निष्कलंक सेवकका रुपमा रहुन भन्ने चाहना खाख्ने भन्दै विज्ञप्तिमा आम नागरिकको भावना र चाहनालाई पुरा गर्न पहल गर्नुको सट्टा संघीय संसदका सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले जन अभिमतलाई अपमानित गर्दै निहित व्यक्तिगत स्वार्थका लागि प्रधानमन्त्री निवास बालुवाटारमा रहेको सरकारी जग्गालाई भूमाफिया र दलालहरुसंग मिली विचौलियाका रुपमा सरकारी कार्यालयहरुमा दवाव दिदंै कागजात तयार गरेर ललिता निवासको ११४ रोपनी जग्गा भूमाफियाको नाममा गराउन सहयोग गरेको आरोप लगाइएको छ ।
आफ्नो पदिय मर्यादा र गरिमाको दुरुपयोग गरी यस्तो काम गर्नु आफैमा गलत भएको भन्दै विज्ञप्तिमा त्यतिले मात्र नपुगी भूमाफियासंग मिलोमतो गरी अर्वौंको सरकारी जग्गामा करौंडोको भ्रष्टाचार गर्दै नजराना स्वरुप आफ्ना छोरा नविन पौडेलका नाममा आठ आना जग्गा दर्ता गराएको र सो जग्गा प्रतिआना रु ५० हजारमा किनेको भनी ढांट्ने कोशिस गरेको आरोप लगाइएको छ ।
यस्तो विशम परिस्थितिमा भ्रष्टाचारको यथार्थ छानवीन गरी अपराधीलाई कारवाही गर्नु पर्नेमा सरकार उल्टै पौडेलजी ठगीनुभएको छ उहांलाई राज्यले क्षति पुर्ति दिनु पर्छ भनेर सरकारका प्रवक्ता गोकुल प्रसाद वास्कोटाले भन्ने र प्रधानमन्त्री के.पी.शर्मा ओलीले आफ्नो पार्टी र सरकारलाई बदनाम गर्न यस्तो गरिएको हो पौडेलजी निर्दोष हुनुहुन्छ भनी चोरलाई चौतारी बनाउदै भ्रष्टाचारको दलदलमा चुर्लुम्म डुवेको जारी विज्ञप्तिमा उल्लेख छ ।
हामी कसैको पनि व्यक्तिगत जीवन र व्यवहारमा प्रश्न गर्न चाहदैनौ तर हाम्रो प्रतिनिधी एउटा व्यक्ति मात्र नभएर सांसद पनि हो यस मानेमा वहांको जीवन र व्यवहार भनेर उन्मुक्ति दिन सकिंदैन भन्दै विज्ञप्तिमा उहांले गर्ने राम्रा कामकोलागि प्रशंसा र बधाई दिने एकातर्फ हुन्छ भने अर्कातर्फ गलत र भ्रष्ट कामको विरोध गर्ने नैसर्गिक अधिकार पनि मतदाताहरुमा सुरक्षित रहने जनाइएको ।
यस्तो अवस्थामा के विष्णु पौडेलले कुनै नैतिक जिम्मेवारी लिनु पर्दैन भन्ने प्रश्न गर्दै विज्ञप्तिमा जनताले सत्य तथ्य थाहा पाउने अवसरका लागि आफुले पदीय हैसियत छोडेर छानवीनका लागि वातावरण बनाउनु पर्नेमा जोड दिइएको छ ।
१३ वर्षिय निर्मला पन्त वलात्कार एवं हत्याकाण्ड, ३३ किलो सुन काण्ड, वाईडवडी जहाज खरीद काण्ड, बुढी गण्डकी नदी विक्री काण्ड बालुवाटार ललिता निवास जग्गा काण्ड, ५ नं प्रदेश गाडी खरीद काण्ड, मेलम्ची खाने पानी भ्रष्टाचार काण्ड लगाएतका भ्रष्टाचारयुक्त काण्डहरुमा संलग्न जुन सुकै पार्टीको भए पनि सत्य तथ्य जन समक्ष ल्याइ दोषी हरुलाई कानून बमोजिम कारवाही गर्न माग गरिएको छ ।
वाइडवडी बिमान काण्ड र बालुवाटार जग्गा काण्डमा नेपाली कांग्रेसका पार्टी सभापति सेरबहादुर देउवा समेतको नाम जोडिएको बारे पत्रकारहरुको जिज्ञासामा गरीले घटनाबारे स्वतन्त्र र निष्पक्ष रुपमा छानबिन गरेर दोषि पाईए देउवानै भए पनि कार्बाहीको दायरामा ल्याउनुपर्ने आफुहरुको माग भएको गिरीले बताए ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार