नायक अनमोल के सी अस्वस्थ, पूर्वनिर्धारित कार्यक्रममा जान नसकेपछि अनमोलको भिडियो संदेश - Butwal Online

नेपालगञ्ज, २२ वैशाख

नायक अनमोल केसीलाई स्वास्थ्य समस्या देखीएको छ । नेपालगन्जका वागवान व्रदशले सन्चालन गरेको गोर्खा इन्टरप्राइजेमा आइतवार वेनेली व्राण्डको मोटरसाइकल सार्वजनीक कार्यक्रममा आउने तयारी भएपनि स्वास्थ्य समस्या भएका कारण आउन नसकेको उनले बताएका छन् ।

उनी इटालियन व्राण्डको वेनेली मोटर साइकलको व्राण्ड एम्वेस्टर हुन् । उनले यसपटक स्वास्थ्य समस्याका कारण नेपालगन्ज आउन नपाएको भन्दै एउटा भिडियो पठाएका छन् ।

वेनेली मोटरसाइकलका मार्केटिङ म्यानेजर शाश्वत रीजालले अनमोललाई फुड पोइजनीङ भएका कारण नेपालगन्ज आउन नसकेको बताए । अनमोलले अर्को पटक पक्कै नेपालगन्ज आउने भिडियो मार्फत जानकारी गराएका छन् ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार