रुपन्देही डान्स स्टार सिजन–२ को पहिलो चरणको अडिसन सम्पन्न - Butwal Online

बुटवल, २२ वैशाख 

विभिन्न ठाउमा लुकेर रहेका प्रतिभालाई बाहिर ल्याएर उनलाई नया अवसर दिने उद्देश्यले सुरु गरिएको रुपन्देही डान्स स्टारको दोस्रो सिजनको पहिलो अडिसन सम्पन्न भएको छ । बुटवल स्थित छमछमी कला केन्द्रको आयोजनामा शनिबार भएको पहिलो चरणको अडिसनमा विभिन्न जिल्लाहरुबाट आएका ८७ जना प्रतिस्पर्धीहरु मध्ये ३६ जना दोश्रो चरणमा प्रवेश गरेको आयोजक छमछमी कला केन्द्रका सञ्चालक किशोर थापाले जानकारी दिए।

डान्स स्टारको पहिलो चरणको अडिसन लुम्बिनी बाणिज्य क्याम्पस बुटवलमा भएको थियो भने दोश्रो चरणको अडिसन पनि सोही क्याम्पसमा आउदो २८ गते शनिबार हुनेछ

प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार रुपयाका प्राप्त गर्नुका साथै म्युजिक भिडियोमा खेल्ने अवसर पाउने छन् ।
दोस्रो हुनेले नगद ३० हजार रुपयाँ र तृतिय हुनेले नगद २० हजार रुपयाँ प्राप्त गर्ने आयोजक छमछमी कला केन्द्रका सञ्चालक किशोर थापाले जानकारी दिए ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार