प्रथम मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगिता बुटवलमा शुरु - Butwal Online

बुटवल, २३ बैशाख । प्रथम मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगिता २०७६ बुटवलमा शुरु भएको छ । सामाजिक विकास मन्त्रालय, प्रदेश नं ५ को आयोजना तथा जिल्ला खेलकुद विकास समितिको प्राविधिक संयोजनमा सोमबार देखि बुटवलमा प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगिताको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले मार्चपास टर्च प्रशिक्षक चन्द्र बहादुर गुरुङलाई हस्तान्तरण गरि उद्घाटन गरेको छन । कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारबाट १ सय ९ वटै स्थानिय तहमा पुर्वाधार निमार्ण गर्न बजेट बिनियोजना भएको बताए । खेलबाट समाजमा एकताको संदेश सिक्नुपर्ने भन्दै उनले खेलकुदको महत्वलाई सबैले बुझन जरुरी रहेको बताए । खेलकुद पुर्वाधार विकाससंगै प्रतियोगिता आयोजना महत्वपूर्ण पाटो भएको सामाजिक विकासमन्त्री सुदर्शन बरालले बताए । प्रदेश सरकार स्थापनाको पहिलो वर्षबाट नै खेलकुदको प्राथमिकतालाई जोड दिएर कार्यक्रमहरु राखिएको उनले बताए ।

प्रदेश खेलकुद विकास समिति प्रदेश ५ का अध्यक्ष भिम वलीले अन्य प्रदेशको तुलनामा पाच नम्बर प्रदेश खेलकुदमा अगाडी रहेको बताए । प्रदेश सरकारले समेत एक पालिका एक खेल मैदान नीतिसहित अन्य धेरै खेलमैत्री कामहरु अघि बढाएको उनले बताए । आठौ खेलकुद सफलतापुर्वक सम्पन्न गरेको प्रदेशमा यो प्रतियोगिताले नया र युवा खेलाडीहरुमा हौसला प्रदान गर्ने दाबी गरे । आईटिएफ तेक्वान्दोका बालबालिकाहरुको प्रस्तुतिसंगै प्रशिक्षक चन्द्र बहादुर गुरुङ र खेलाडी प्रताप खवासले शपथ लिएर खेल शुरु भएको थियो । कुल पाच विद्याका १३ ईभेन्टका प्रतियोगिता बुटवल मण्डप, प्रहरी तालिम केन्द्र, जिल्ला खेलकुद विकास समितिको हल, बुटवल ब्याडमिन्टन कोर्टमा संचालन भैरहेको छ ।

रुपन्देहीका सन्तोष च्याम्पियन

रुपन्देहीमा जारी प्रथम मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगिता अन्तरगत एथ्लेटिक्सतर्फ भएको ५ हजार मिटर पुरुष दौडमा रुपन्देहीका सन्तोष नापित प्रथम भएका छन्  यसैगरि छात्रातर्फ १५ सय मिटर दौडमा दाङकी सुमित्रा चौधरी प्रथम भइन । उनले दौड ५ मिनेट ३३.०३ सेकेण्डमा दौड पूरा गर्दैै उपाधि चुमेकी हुन । यसैगरि बर्दियाकी कल्पना थारुले ५ मिनेट ३४.०४ सेकेण्डमा दौड पूरा गरि दोस्रो भईन भने बाकेकी कमला जैसीले ५ मिनेट ३९.३ मिनेटमा दौड पूरा गरि तेस्रो स्थान हासिल गरिन । प्रदेश ५ प्रहरी तालिम केन्द्रको खेलमैदानमा सोमबार भएको खेलमा प्रदेशका १२ जिल्लाका खेलाडीहरुले भाग लिएका थिए ।

पुरुष भलिबलमा रुकुम पूर्व, महिलामा पाल्पाको विजयी शुरुवात

रुपन्देहीमा शुरु भएको प्रथम मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगिता अन्तरगत पुरुष भलिबलमा रुकुम पुर्व जिल्लाले विजयी शुरुवात गरेको छ । बुटवल मण्डपमा भएको उद्घाटन खेलमा रुकुम पूर्वले अर्घाखाची जिल्लामाथि २–१ को सेटमा जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।

यसैगरि महिला भलिबलतर्फको उद्घाटन खेलमा पाल्पा जिल्लाले गुल्मी जिल्लामाथि २–० को सोझो सेटमा जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको छ । शुरुवातबाट नै खेलमा हाबी देखिएको पाल्पाले २५–१०, २५–११ को अंकले खेलमा जित निकालेको हो ।
महिला भलिबलमा पाच नम्बर प्रदेशका ११ जिल्लाले उपाधिका लागि प्रतिस्प्रर्धा गर्दैछ ।

विकाश पराजुली

पत्रकार विकाश पराजुली बुटवल अनलाइनका सह - सम्पादक हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार