प्रदेशसभाका बिषयगत समितिका कार्यालयहरु उद्घाटन - Butwal Online
प्रदेशसभाका बिषयगत समितिका कार्यालयहरु उद्घाटन
  • हालसम्म ८२ दिनमा ८२ घण्टा ४५ मिनेट बैठक सञ्चालन,३८ विधेयक पारीत
  • बुटवल, २३ बैशाख 
    प्रदेश नं ५ को प्रदेशसभा सचिवालयमा गठीत बिभिन्न विषयगत समितिका कार्यालयहरु स्थापना भएका छन् । कार्यालयको आज एक कार्यक्रमकाबीच सभामुख पुर्णबहादुर घर्तीले उद्घाटन गरेका हुन् ।
    प्रदेशसभाको तेस्रो अधिवेशन अन्त्य भएको अर्को दिन आज बिषयगत कार्यालयहरुको उद्घाटन गरीएको हो । प्रदेशसभामा ६ बिषयगत समिति,एक बिशेषाधिकार समिति र एक बिशेष समिति रहेका छन् ।
    यसैबीच प्रदेशसभाको तेस्रो अधिवेशन अन्त्य भएको अर्को प्रदेशसभा सचिवालयले प्रदेशसभाले हालसम्म गरेका काम कार्यबाहीहरुका बिषयमा समिक्षात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

    बिषयगत समितिका कार्यालयहरुको उद्घाटनसँगै आयोजित समिक्षात्मक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख पुर्णबहादुर घर्तीले एउटा राष्ट्रिय झण्डा समेत नभएको सुण्य अवस्थाबाट सञ्चालन भएको प्रदेशसभा सचिवालय तेस्रो अधिवेशन सम्म आइपुगदा प्रदेशसभा कक्षको व्यवस्थापन देखि बिषयगत समितिका कार्यालयहरु व्यवस्थित गर्न सफल भएको बताए ।
    बिषयगत समितिका कार्यालयहरुसँगै संसदीय दलका कार्यालयहरु,पुस्तकालय समेत सञ्चालनको अन्तिम अवस्थामा पुगेको जानकारी गराउददै सभामुख घर्तीले तेस्रो अधिवेशनसम्म आइपुग्दा प्रदेशसभाका बैठकहरु थप व्यवस्थित र मर्यादीत रुपमा सञ्चालन गर्न प्रदेशसभा सचिवालय सफल भएको दाबी समेत गरे ।
    सभामुख घर्तीले यस अवधिमा ८२ दिनमा ८२ घण्टा ४५ मिनेटको समयमा ८३ वटा बैठक बसी ३८ वटा विधेयक पारीत भएको जानकारी दिए ।
    प्रदेशसभाको प्रथम अधिवेशनमा २२ दिनमा २० घण्टा २ मिनेट प्रदेशसभा बैठक सञ्चालन भई २२ वटा बैठक बसी ४ वटा विधेयक पारीत भएको,दोस्रो अधिवेशनमा २७ दिनमा ३३ घण्टा २० मिनेटमा २८ वटा बैठक बसी ११ वटा विधेयक पारीत भएको र तेस्रो अधिवेशन ३३ दिनमा २९ घण्टा २३ मिनेटमा ३३ वटा बैठक बसी २३ वटा विधेयकहरु पारीत भएको सभामुख घर्तीले बताए ।

    प्रदेशसभा सचिवालयले आगामि दिनमा प्रदेशसभा बैठक थप व्यवस्थित र मर्यादीत रुपमा सञ्चालन गर्नुकासाथै सचिवालयलसँग सम्बन्धित अन्य व्यवस्थापनलाई समेत थप व्यवस्थित बनाउदै लैजाने प्रतिवद्धता जनाए ।
    कार्यक्रममा प्रदेशसभा उपसभामुख कृणि थारु,प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुन,प्रदेशसभा सचिवालयका सूचना अधिकारी मनोज कुमार पाण्डेय लगायतले प्रदेशसभा सचिवालयले हालसम्म गरेका गतिबिधि र आगामि योजनाहरुबारे जानकारी गराएका थिए ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार