अबैध सामान सहित पक्राउ परेका खाँन धरौटीमा रिहा - Butwal Online
अबैध सामान सहित पक्राउ परेका खाँन धरौटीमा रिहा

बुटवल,२३ वैशाख 
भन्सार छली गरी ल्याएका औषधि र औषधिका खाली खोल सहित पक्राउ परेका अभियुक्त र पसल सञ्चालकलाई राजश्व अनुसन्धान कार्यालय बुटवलले धरौटीमा छाड्ने आदेश दिएको छ ।


बैशाख १२ गते भारतबाट चोरी पैठारी गरी चार हजार नौ सय थान हेमोटप गोल्ड सफ्टजेल क्याप्सुल नाम गरेको औषधीको खाली खोल र उमरटप सफ्टजेल क्याप्सुल ६० प्याकेट सहित भैरहवाबाट पक्राउ परेका इब्राइम खाँन र पसल सञ्चालक नरुलब्र्रदर लाडीलाई राजश्वले धरौटीमा छाड्ने आदेश दिएको हो ।
भैरहवा गल्लामण्डी स्थित पसलको नाम समेत नभएको एक औषधि पसलमा काम गर्ने इब्राइम खाँन भन्सार छली गरेर ल्याइएका औषधि र ४ हजार ९ सय थान हेमोटप गोल्ड सफ्टजेल क्याप्सुल नाम गरेको औषधीको खाली खोल सहित पक्राउ परेपछि राजश्व अनुसन्धान कार्यालय बुटवलले पसल सिलबन्दी गरी त्यहाँ कार्यरत कर्मचारीलाई नियन्त्रणमा लिएको थियो ।

आफ्नो पसलमा काम गर्ने कर्मचारी अबैध सामान सहित पक्राउ परेपछि पसल बन्द गरेर फरार रहेका पसल सञ्चालक अर्को दिन आफै राजश्व अनुसन्धान कार्यालयमा उपस्थित भएका थिए ।
प्रारम्भिक अनुसन्धान पश्चात आइतबार राजश्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत बिजय रानाले मुख्य अभियुक्त पसल सञ्चालक नरुलब्रदर लाडीलाई १ लाख ५५ हजार र अबैध सामान सहित पक्राउ परेका कामदार इब्राइम खाँनलाई ६६ हजार ७८ रुपयाँ धरौटी लिएर छाड्ने आदेश गरेको सो कार्यालयका अनुसन्धन अधिकृत नवराज अधिकारीले बुटवल अनलाइनलाई जनकारी दिए ।
साइनबोर्ड समेत नरहेको बन्द पसलमा राजश्व अनुसन्धान र प्रहरी सहितको टोलीले पसल सिलबन्दि गरेर फर्किए पनि सिलबन्दि भएको पसलमा अन्य सामान भने केही नभेटिएको अनुसन्धान अधिकृत अधिकारीले बताए ।

पसलमा काम गर्ने कामदार अबैध सामान सहित पक्राउ परे पनि सिलबन्दि गरीएको पसलमा कुनै पनि सामान नभेटिनुले कामदार पक्राउ परेको थाहा पाएपछि पसल सञ्चालकले तत्काल सामान अन्यत्रै लुकाएर पसल बन्द गरेको हुनसक्छ या त पसलै सो ठाउमा नभएर अन्य गोप्य ठाउमा हुन सक्ने आशंका उत्पन्न भएको छ ।
उमर ट्रेडर्स नेपाल नाम गरेको कम्पनि लेखिएको ठुलो परिमाणको औषधिका खोल भारतबाट चोरी पैठारी गरी ल्याइनु र सोही नाम गरेको कम्पनिको औषधि समेत बरामद हुनुले सो औषधि कम्पनि नेपालमा अबैध रुपमा सञ्चालनमा रहेको हुन सक्ने आशंकालाई थप बल पुगेको छ । पसलमा साइनबोर्ड समेत नहुनु,कम्पनिको ठेगाना उल्लेख नहुनु र मुल्य समेत नखुलाइनुले कम्पनिकै बैधानिकतामाथि थप प्रश्न चिन्ह खडा भएको छ ।
बरामद भएका अबैध सामानको मुल्यलाई आधार मानेर राजश्वले मुद्धा चलाउछ या अबैध रुपमा सञ्चालीत कम्पनि समेत पत्ता लगाएर सोही बमोजिमको कानूनी कार्बाही अगाडी बढाउछ त्यो भने केही समय प्रतिक्षा गर्नुपर्ने छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार