देवदहमा जारि मेयर कप फुटबल : वडा न ८ , ९ , १० विजयी - Butwal Online
देवदहमा जारि मेयर कप फुटबल : वडा न ८ , ९ , १० विजयी

देवदह,२४ बैशाख 

देवदहमा जारि मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा वडा न १० , ८ र ९ विजयी भएका छन् । पानवारि खेल मैदान खैरेनिमा भैरहेको खेलमा वडा नम्बर आठले वडा नम्बर एकलाइ २-१ पराजित गर्यो त्यस्तै वडा न नौ ले वडा न छ लाइ  ५-० को गोल अन्तरले पराजित गर्यो र वडा न  दशले वडा न चारलाइ ट्राइबेकरमा ४ – २ को गोल अन्तरले पराजित गरेको हो ।

खेलमा दर्शकहरुको चाप दिन प्रतिदिन बढ्दै गैरहेको र खेल अत्यन्तै उत्साहजनक भैरहेको नगर खेलकुद बिकास समितिका सदस्य तथा जारी मेयर कप फुटबलका खेल संयोजक दिपेश मल्लले बताए ।

खेलमा प्रथम हुनेले नगद रु १ लाख र उपबिजेताले ५० हजार नगद तथा प्रमाण पत्र प्राप्त गर्नेछन। यसै बिच आजको खेलको देबदह नगरपालिकाका मेयर हिरा बहादुर केसि, उपमेयर बिद्या गुरुङ, वडा नम्बर छ का वडा अध्यक्ष दामोदर क्षेत्रि लगायतले अवलोकन अरेका थिए । खेल २७ गते सम्म संचालन हुनेछ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार