प्रथम मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगितामा रुपन्देहीले मार्यो बाजी - Butwal Online

बुटवल, २५ बैशाख । प्रथम मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगितामा रुपन्देही प्रथम भएको छ । २३ गते देखि सुरु भएको प्रतियोगितामा ६ स्वर्ण जित्दै रुपन्देही प्रथम भएको हो ।

रुपन्देहीले ५ रजत र ३ कास्य प्राप्त ग¥यो । त्यसैगरी ३ स्वर्ण र ८ वटा कास्य जित्दै दाङ द्धितिय भएको छ । त्यसैगरी २ स्वर्ण, १ रजत र ३ कास्य जितेको बाँके तृतिय भएको छ । त्यसैगरी २ सवर्ण १ रजत र २ कास्य जित्दै गुल्मी चौथो बन्यो ।प्रथम भएको रुपन्देहीले नगद १ लाख सहित शिल्ड, द्धितिय दाङले नगद ७० हजार र तृतिय बाँकेले नगद ५० हजार प्राप्त गरे ।

विजयी खेलाडिहरुलाई सामाजिक विकास मन्त्री सुदर्शन बरालले पुरस्कार वितरण गरेका थिए । मुख्यमन्त्री रनिङ शिल्डमा प्युठानले भने खाता खोल्न सकेन । नवलपरासीले १ स्वर्ण, २ कास्य, ४ रजत, बर्दियाले १ स्वर्ण २ रजन, १ कास्य, रुकुम पुर्वले १ स्वर्ण, १ रजत, अर्घाखाँचीले १ कास्य, पाल्पाले ३ रजत र १ कास्य प्राप्त गरे । दोस्रो मुख्यमन्त्री कप रनिङ शिल्ड कपिलबस्तुमा हुनेछ ।

बुधबार अन्तिम भलिबल खेलमा नवलरासीलाई ३–० को सेटले हराउँदै रुपन्देहीले स्वर्ण जितेको थियो भने महिला तर्फ रुपन्देहीलाई ३–० को सेटले हराउँदै दाङले स्वर्ण जितेको थियो ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार