गौतम बुद्ध सामुदायिक मुटु अस्पतालद्धारा सञ्चालित क्याथ ल्यावको दोश्रो बर्ष पुरा - Butwal Online

बुटवल, २५ बैशाख 
स्वथ्य मुटु हाम्रो अभियान भन्ने मुल नाराका साथ स्थापना भएको गौतम बुद्ध सामुदायिक मुटु अस्पतालद्धारा रोटरी क्लव अफ बुटवलको सहकार्य स्थापित क्याथ ल्याव स्थापनाको तेश्रो बर्षमा प्रवेश गरेको छ ।

तेश्रो बर्ष प्रवेशको अवसरमा अस्पताल परिषरमा स्थापना दिवस मनाइएको छ । यस क्षेधमा पहिलो पटक स्थापना भएको क्याथ ल्याबमा दुई बर्षमा १ हजार ५६ जना ले स्वाथ्य सेवा लिएका छन् । जसमा २ सय ७ जनाको एन्जीयोप्लाष्टी, ७ सय ५ जनाको एन्जीयोग्राफि, ,३ जनाको आरएचसी, २५ जनाको प्लाईडोनिटाईसस, १ सय १६ जनाको पशेमेकर राखी उपचार गरिएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए ।


अस्पतालका निर्देशक डा. समिर गौतमका अनुसार हाल सम्म ओपीडी बाट १ लाख ४६ हजार, ईमेरजन्सीमा २२ हजा र १६ हजार विरामीलाई भनाई गरी उपचार गरिएको जानकराी दिए । यको साथै ३सय जना विरामीको नियमति रुपमा डायलाईसीस सेवा समेत प्रदान गर्दै आएको अस्पताल हाल सम्म ४५ हजार सेसन डाईलाईसिस गरेको छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार