व्यसायिक केराखेतीमा सफल झुपलाल, बार्षिक १५ लाख आम्दानी - Butwal Online
व्यसायिक केराखेतीमा सफल झुपलाल, बार्षिक १५ लाख आम्दानी
  • मिहेनत गरे आफ्नै भूमिमा सुन फल्छ
  • बर्दिया, २६ वैशाख ।  बर्दिया बासगढी नगरपालीका २ बबई चेपाङ्गका (३१) झुपलाल न्यौपानेले नयाँ टेक्नोलोजी, आधुनिक प्रविधि अपनाएर १५ विगाह क्षेत्रफलमा व्यवसायिक केरा खेती गरेका छन ।

    १५ विगाहामै थोपा सिचाई प्रविधि जडान गरेर गरीएको केरा खेती फस्टाउदै गएको छ । साविकको जिल्ला कृषि विकास कार्यालय बर्दियाले २०७२ सालमा सामान्य रुपमा केहि व्यवसायिक सहयोग गर्छु भनेपछि कृषक झुपलालले केरा खेतीलाई सुरुवात गरेका हुन । सुरुमा केरा खेती कस्तो फस्टाउछ भन्ने दोधारैमा थोरै बाट खेती गर्न सुरु गरेका न्यौपानेलाई केरा खेतीमा सफल भइने रैछ लागेरै अन्तत अहिले जिल्लालाई नै चिनाउने गरी आधुनिक प्रविधि अपनाएर केरा खेती गरीरहेका छन ।

    २०७२ मा केरा खेती गर्छु भनेर लागेका कृषक न्यौपाने २०७४ मा १२ विगाह क्षेत्रफलमा खेती गर्न थालीसकेका थिए । अन्य व्यवसाय भन्दा केरा खेतीमा एउटा सामान्य व्यक्तीले पनि धेरै क्षेत्रफलमा धेरै दुख मेहेनत नगरी हेरचाह गर्न सक्ने अन्य बालि भन्दा ५० प्रतिशत बढि आम्दानी हुने भएकाले यसलाई व्यवसायिक बनाउदै लगेको कृषक न्यौपाने बताउछन । गत वर्ष मात्रै भुपलालले ४० रुपैयाका दरले १० टन केरा व्यापारीलाई विक्रि गरेका छन । उनले केराको मुल्य सन्तोषजनक रहेको बताए । युवा कृषक झुपलाल आफ्नै देशमा बसेर केहि गर्न पर्छ जसले धेरै जनालाई फाइदा पुगोस भनेर केरा खेती तिर लागेको बताउछन ।

    झुपलाल विदेशमा गएर दुई चार वर्ष दुःख गर्नुभन्दा लामो समय आफ्नै गाउँ ठाउँमा व्यवसायिक खेती गरेर राम्रो आर्थिक आम्दानी गर्न सकिने महसुस भएको बताउछन । युवा कृषक न्यौपाने केरा खेती गर्नु भन्दा विजुलीको पसल गरेरै काम गर्ने गर्थे । झुपलाल अनुभवी इलेक्ट्रीसियन पनि हुन । ‘सामान्य पसल मात्र गरेर केहि नहुने देखेर अलि वृहत रुपमा व्यवसायिक बन्न पर्छ केहि अन्य स्थानियलाई पनि रोजगारी दिन पर्छ भन्ने लागेर केरा खेती तिर लागेको हुँ’—कृषक झुपलालले भने ।

    हाल दिनहुँ १० जना स्थानियलाई झपलालले आफ्नो केरा व्यवसायिमा रोजगारी दिएका छन । बासगढी नगरपालीकाका साथै साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको अनुदान सहयोग मिलेपछि झुपलाललाई केरा खेतीलाई थप बढाउन र आधुनिक प्रविधि अपनाउन मद्धत मिल्यो । दुई छोरी र एक छोरालाई गुणस्तरीय शिक्षा प्रदान गर्न केरा खेतीले सहयोग पु¥याउने बताउछन् । व्यवसायिक रुपमा गरीरहेको केरा खेती बाट बार्षिक १५ लाख आम्दानी गरीरहेको युवा कृषक झुपलालले बताए । उत्पादन भएको केरा कोहलपुर, बानियाभार,बासगढी, सुर्खेतको विरेन्द्रनगर, छिन्छुतिर विक्रि हुने गरेको छ ।

    खगेन्द्र दाहाल

    खगेन्द्र दाहाल बुटवल अनलाइनका नेपालगञ्ज सम्बादाता हुन्

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार