गुल्मीको मुसिकोटमा भिषण आगलागी, नियन्त्रणमा समस्या - Butwal Online
गुल्मीको मुसिकोटमा भिषण आगलागी, नियन्त्रणमा समस्या

गुल्मी, २६ वैशाख । जिल्लाको मुसिकोट नगरपालिका ३ र ४ को सीमा क्षेत्रमा लागीरहेकाके आगो अनियन्त्रीत बनेको छ । दिउँसो करिब २ बजेबाट सुरु भएको आगो अनियन्त्रीत बनेको वडा नम्बर ४ का अध्यक्ष ओम बहादुर खत्रीले जानकारी दिए ।

वडा नम्बर ४ स्थित पाउखोला भन्दा माथी रहेको नाककाटे भीरबाट आगो सुरु भएको र धरमपानी, ढुँगेठाँटी, हर्लेखाली, थुम, मालारानी, बाँसपोखराका क्षेत्रहरुमा गरी करिब ५ हेक्टर क्षेत्रफलमा आगोलागी भइरहेको खत्रीले बताए । आगो कसले के कारणले लगायो भन्ने बिषयमा केही पनि पत्ता नलागेको र आगलागीको कारण पत्ता लगाउन प्रयास जारी छ । हावा पनि चलिरहेको कारण आगो नियन्त्रणमा समस्या भइरेको छ । आगो यसैगरी अघि बढेमा त्यस जँगल क्षेत्रमा रहेकोक पैयापाटा बस्ती जोखिममा पर्न सक्ने खत्रीले बताए ।

आगलागी निभाउनको निम्ती प्रहरी तथा स्थानीय क्लब, गाँउबासी, युवाहरु, जनप्रतितनिधिहरु ख्टीएका छन् भने नेपाली सेनालाइ पनि जानकारी गराइएको छ । आगो नियन्त्रणमा लिन मुसिकोट नगरपालिकाले राखेका दुइ वटा टँयाकंरहरु पनि प्रयोग गरएिको छ । भने वन कार्यालय गुल्मीमा पनि यस बिषयमा जानकारी गराइएको छ । वन मा भइरहेको आगो बस्तीमा पस्न नदिनको निम्ती सहयोग गर्न सबैलाइ आग्रह गरीएको छ । यस अघि पनि बडाँगाउमा लागेको आगलागीले करिब ६० घर जलेका थिए भने एक जनाको निधन भएको थियो ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार