Trending
  • दोस्रो मेयर कप : खुकुरी र तिरुपति फाइनलमा - Butwal Online
    दोस्रो मेयर कप : खुकुरी र तिरुपति फाइनलमा

    भैरहवा, २६ वैशाख 

    सिद्धार्थनगर नगरपालिकाको आयोजना तथा रुपन्देही क्रिकेट संघको समन्वयमा सिद्धार्थ रंगशालामा जारी दोस्रो मेयर कप टि–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी खुकुरी क्रिकेट क्लब र तिरुपति क्रिकेट क्लब फाइनल पुगेका छन् ।



    बिहीबारको सेमिफाइनलमा खुकुरीले शिवशक्ति क्रिकेट क्लबलाई ६७ रन र तिरुपतिले साई ग्लोबल क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्यो । यी दुईबीच उपाधिका लागि २८ गते प्रतिस्पर्धा हुनेछ ।

    पहिलो खेलमा जितका लागि साई ग्लोबलबाट पाएको ७१ रनको समान्य लक्ष्य तिरुपतिले निर्धारित खेलमा १५.४ ओभरमा ५ विकेट क्षतिमा ७३ रन बनाउँदै भेट्टायो । जसमा शौरभ खनालले २८ र प्रकाश केसीले नटआउट २० रनको योगदान गरे । बलिङमा साई ग्लोबलका दुर्गेश कुर्मीले ३, सुवास विक र इमरान खानले १–१ विकेट लिए ।

    यसअघि टस जितेर ब्याटिङ गरेको साई ग्लोबलले १८.२ ओभरमा सबै विकेट गुमाई ७१ रन बनाएको थियो । जसमा रुपेश बास्तोलाले सर्वाधिक १९ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिङमा तिरुपतिका संदीप सुनारले ३, कृष्ण कार्की, विष्णु कटरिया र विक्रम भुसालले २–२ विकेट लिए । तिरुपतिका संदीप म्यान अफ द म्याच घोषित भए ।

    दोस्रो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको खुकुरीले निर्धारित खेलमा ८ विकेट क्षतिमा १ सय ६४ रन बनायो । जसमा निश्चल चौधरीले ६३ रनको योगदान गरे । यस्तै, साहव आलमले २८ तथा इखलाख अहम्मदले १९ रन बनाए । बलिङमा शिवशक्तिका केशव पौडेलले ३ र सुनिल पौडेलले २ विकेट लिए ।

    जवाफमा शिवशक्ति पुरै ओभरमा अलआउट हुँदै ९७ रन बनायो । जसमा केशव पौडेलले सर्वाधिक ३० रन बनाए । बलिङमा खुकुरीका धिरज शाही, इखलाख अहम्मद, रमेश कुर्मी र मानबहादुर थापाले २–२ विकेट लिए । खुकुरीका निश्चल चौधरी म्यान अफ द म्याच घोषित भए । प्रतियोगिताको विजेताले ६० हजार र उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजले १० तथा बेष्ट बलर र बेष्ट ब्याट्सम्यानले ५–५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार