Trending
  • लुम्बिनी भ्रमण बर्ष–लुम्बिनी प्रवेश गर्ने मुख्य प्रवेशद्धारमै पर्यटकलाई धुलोले स्वागत - Butwal Online

    बुटवल, २७ बैशाख । प्रदेश सरकारले लुम्बिनी भ्रमण बर्ष मनाउने तयारी गरिरहदा लुम्बिनी प्रवेश गर्ने भैरहवाको मुख्य प्रवेशद्धारमै पर्यटकहरुको पहिलो स्वागत भने धुलोले हुने गरेको छ ।



    भैरहवा–लुम्बिनी–तौलिहवा सडक बिस्तारको जिम्मा पाएको निर्माण कम्पनिको लापर्बाहीका कारण लुम्बिनी जाने पर्यटकहरुले भैरहवामै धुलोको स्वागत ग्रहण गर्न बाध्य भएका हुन् । धुलो नियन्त्रण गरेर सडक निर्माण कार्य गर्नुपर्ने प्राब्धान बिपरीत निर्माणको जिम्मेवारी पाएको डाबर कन्स्ट्रक्शन हरीयाणा भारतले धुलो नियन्त्रण नगर्दा लुम्बिनी जाने पर्यटक मात्र नभएर सो सडक खण्ड भएर आवत–जावत गर्ने सडक उपभोक्ता तथा स्थानीय बासिन्दा धुलोको चपेटामा परेका छन् ।

    केही दिन अघि सडकमा उडेको धुलोले बाटो नदेखिएकै कारण दुर्घटना भई सो सडक खण्डमा एक जनाको ज्यान गएपछि प्रदेश नं ५ को प्रदेश सभा बैठकमा सो क्षेत्रका प्रदेशसभा सदस्य अष्टभुजा पाठकले धुलो नियन्त्रण गर्ने व्यवस्था मिलाउन प्रदेश सरकारको ध्यानाकर्षण समेत गराएका थिए । लुम्बिनी प्रवेशद्धारमै पर्यटकले धुलोको स्वागत ग्रहण गर्नुपर्ने बाध्यता किन भनि बुटवल अनलाइनको प्रश्नमा भैरहवा–लुम्बिनी–तौलिहवा सडक बिस्तार आयोजनाका प्रमुख प्रदिपराज शाक्यले ठेकेदार कम्पनिको कमजोर व्यवस्थापनका कारण त्यस्तो हुन गएको प्रतिक्रिया दिए ।

    उनले कम्पनिलाई धुलो नियन्त्रण गर्न पटक÷पटक निर्देशन दिए पनि कार्यान्वयन नभएको र अब पुन ताकेता गर्ने जानकारी दिए । सामान्य ठेक्कामा समेत धुलो नियन्त्रण गर्नुपर्ने प्राब्धान रहे भए पनि ग्लोवल टेण्डर मार्फत भएको ठेक्कामा धुलो नियन्त्रण नगर्नु कम्पनिको चरम लापर्बाही भएको सरोकारवालाहरु बताउछन् ।

    सन् २०२० को जनवरी सम्ममा सम्पन्न गर्नुपर्ने आयोजनाको काम अहिले सम्म ३० प्रतिसत मात्रै काम सम्पन्न भएको आयोजनाले जनाएको छ । आयोजनको कूल लागत १ अर्ब ९३ करोड रहेको छ । लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि भन्दै भैरहवा–लुम्बिनी सडक खण्ड अन्तर्गत गौतमबुद्ध बिमानस्थल सम्म ६ लेन र बिमानस्थल देखी लुम्बिनी हुँदै तौलिहवा सडक ४ लेनमा बिस्तार गर्ने योजना अगाडी सारेको हो ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार