नमुना बन्दै सामुदायिक विद्यालय - Butwal Online
नमुना बन्दै सामुदायिक विद्यालय

बलेवा, २७ वैशाख : सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर विषयमा बेलाबेलामा चर्चा हुने गरेको छ । सामुदायिक विद्यालयमा शैक्षिक वातावरण नभएको कारण देखाउँदै निजी तथा आवासीय विद्यालयमा आफ्ना विद्यार्थी लैजानेको पनि ठूलै लर्को छ ।

विद्यालयमा शैक्षिक वातावरण बनाउन र विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन, सरकार, समुदाय, विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यालय प्रशासन सबैको उत्तिकै महत्वपूर्ण जिम्मेवारी रहेको हुन्छ ।

स्थानीय सरकार, समुदाय, शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिको संयुक्त पहल हुने हो भने सामुदायिक विद्यालयलाई पनि नमूना बनाउन सकिन्छ भन्ने उदाहरण हो बागलुङ नगरपालिका–६ लहरेपिपलमा रहेको लहरेपिपल माध्यमिक विद्यालय । एक वर्ष पहिलासम्म विद्यार्थी सङ्ख्या पु¥याउन हम्मेहम्मे रहेको यो विद्यालयले चालू शैक्षिकसत्रमा मात्रै ११२ नयाँ विद्यार्थी भर्ना गराएको छ । भर्ना अभियान चलिरहेकाले विद्यार्थीको सङ्ख्या अझै बढ्ने प्रधानाध्यापक कृष्णप्रसाद सुवेदीले बताए ।

नगरपालिकाले चालू आवमा नगरभित्र नमूना विद्यालय विकास कार्यक्रम ल्याएर विद्यालयलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको थियो । नगरको कार्यक्रमलाई कार्यान्वयन गर्ने क्रममा वडाध्यक्षले चासो दिएपछि विद्यालयको मुहार फेरिएको छ । विद्यालयमा भौतिक पूर्वाधार सुविधासम्पन्न गराउने काम अहिले धमाधम चलिरहेको छ ।

रासस

बुटवल अनलाइन रासस को ग्राहक हो

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार