फ्राइडे रिलिज– आजदेखि ‘पसिना’ प्रदर्शनमा - Butwal Online
फ्राइडे रिलिज– आजदेखि ‘पसिना’ प्रदर्शनमा

बुटवल,२७ बैशाख
फ्राइडे रिलिज अन्तर्गत आजदेखि नेपाली चलचित्र ‘पसिना’ प्रदर्शनमा आएको छ । आर बी खत्री ‘शरद’ ले निर्देशन गरेको चलचित्र ‘पसिना’ निर्देशक खत्रीकै कथा रहेको छ ।
चलचित्रले सकारात्मक कार्यका निम्ति प्रोत्साहन गर्ने निर्देशकको दाबी छ । चलचित्रमा राम केसीको छायांकन, राजनराज सिवाकोटी, दीपक शर्मा र धिरज राईको संगीत छ । ‘गरौँ सत्कर्म, बगाउँ पसिना’भन्ने नारा बोकेको चलचित्र ‘पसिना’ समसामयिक कथामा निर्माण गरिएको छ हो ।
चलचित्र ‘पसिना’मा गौरव पहारी, अनु शाह, सरोज खनाल, सरोज अर्याल, रवि गिरी, ध्रुव कोइराला, शारदा गिरी, लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्र ‘पसिना’ नन स्टप क्रियशनको ब्यानरमा निर्माण गरिएको हो ।
यसैबीच ठूलो व्यानरको चलचित्र प्रदर्शनमा नआउँदा त्यसको प्रत्यक्ष फाइदा चलचित्र दाल भात तरकारीलाई भएको छ । चलचित्रले सफलताका साथ दोस्रो सातामा आफ्नो प्रदर्शन सुरुवात गरेको छ । दाल भात तरकारी वैशाख २० गतेदेखि प्रदर्शनमा आएको हो ।
काठमाण्डौ उपत्यका सहित देशका सबै जसो हलमा अहिले चलचित्र दाल भात तरकारी लागिरहेको छ । चलचित्रले बिहीबार सम्म ३ करोड १५ लाखमाथिको व्यापार गर्न सफल भएको निर्माण पक्षले जनाएको छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार