Trending
  • आइपीएल: फाइनलका लागि सन्दिपको टिम दिल्ली र चेन्नइ भिड्दै, सन्दीपको सम्भावना कति ? - Butwal Online

    आइपिएल अन्तर्गत आज दोस्रो क्वालिफायर खेल हुदै छ । दोस्रो क्वालिफायरमा चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्सबीच हुदै छ । विकासपटनममा हुने यो खेल नेपाली समय अनुसार साँझ ७:४५ मा सुरु हुदै छ ।

    पहिलो क्वालिफायरमा मुम्बई इण्डियन्ससँग पराजित भएको चेन्नई र इलिमिनेटरमा सनराइजर्स हैदरावादलाई पराजित गर्दै दिल्ली दोस्रो क्वालिफायर खेल्दै छ ।



    एकातर्फ दिल्लीमा युवा खेलाडीको बाहुल्यता छ भने चेन्नइमा अनुभवी खेलाडीहरु रहेका छन्। यी टिम बीचको पछिल्ला ५ खेल हेर्ने हो भने दिल्लीले २ जीत हात पार्दा चेन्नइले ३ जीत  हात पारेको छ।

    ७ पटक आइपीएलको फाइनल पुगिसकेको चेन्नइले यसअघिका खेलमा दिल्लीमाथि सहज जीत निकालेको थियो। लिगचरणको पहिलो खेलमा ६ विकेटले र दोश्रो खेलमा ८० रनले पराजित भएको दिल्लीले नयाँ रणनीति लिएर मैदान उत्रनुपर्ने देखिन्छ।

    खेलाडीको प्रदर्शनको चर्चा गर्दा चेन्नईका लागि धोनीले सर्वाधिक ४०५ रन बनाएका छन् भने सुरेश रैनाले ३६४ रन बनाएका छन् । त्यस्तै दिल्लीक लागि शिखर धवनले ५०३ रन बनाएका छन् भने श्रेयस अय्यर र रिषव पन्तले समान ४५०-४५० रन बनाएका छन् ।

    त्यस्तै बलिङतर्फ भने चेन्नईका इमरान ताहिरले २३ विकेट लिएका छन् भने दिपक चहरले १७ र हरभजन सिंहले १४ विकेट लिएका छन् । त्यस्तै दिल्लीका बलर कागीसो रबाड़ाले २५ विकेट लिए पनि उनी यस खेलमा खेल्ने छैनन् भने क्रिस मोरिसले १३ इशान्त शर्माले १२ र अमित मिश्राले १० विकेट लिएका छन् ।

    दिल्लीको टिमको अहिलेको समीकरण हेर्दा सन्दीपको यस खेलमा खेल्ने सम्भावना कम नै रहेको छ । विदेशी खेलाडीको कोटाबाट खेल्ने ४ खेलाडीको कोटामा पछिल्लो खेलमा कोलिन मुन्रो, शेरफान रुदरफोर्ड, कीमो पाउल र ट्रेन्ट बोल्ट खेलेका थिए ।

    यस सिजनमा सन्दीप तुलनात्मक रुपमा महँगो साबित भएकाले पनि यस खेलमा सन्दीपको सम्भावना कम देखिएको छ तर स्पिनलाई सहयोग हुने पिच भएकाले दिल्लीले तीन स्पिनर खेलाएमा मात्र सन्दीपलाई ठाउ दिने देखिन्छ ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार