Trending
  • गरीबलाइ झन गरीब बनाएर आफनो अभिष्ट पुरा गर्ने कम्युनिष्ट सरकार जनताको हुनै सक्दैन ःमहामन्त्री कोइराला - Butwal Online

    बुटवल, २७ बैशाख

    नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टी एक ढिक्का हुँदाको दिन नेपाली काँग्रेसलाइ कुनै पनि शक्तिले हराउन नसक्ने बताएका छन ।



    यसअघि आन्तरिक मतभेद र टिकट बितरणमा भएको समस्याले हार व्यर्होनु परेको भन्दै महामन्त्री कोइरालाले आन्तरिक सुदृढिकरण गरी पार्टीलाइ एक ढिक्का बनाउने अभियान सुरु भएकाले काँग्रेसलाइ अब कसैले हराउन नसक्ने बताए । ‘बामपन्थीहरुलाइ म यही मञ्चबाटै च्यालेन्ज गर्दछु । हामी एक ढिक्का हुँदाको दिन तिमीहरुको कुनै शक्तिले काँग्रेसलाइ हराउन सक्दैनौ’ महामन्त्री कोइरालाले भने ।

    नेपाली काँग्रेस बुटवल नगरसमितिको सम्मेलनलाइ शुक्रबार बुटवलमा सम्बोधन गर्दै महामन्त्री कोइरालाले गरीबलाइ झन गरीब बनाएर आफनो अभिष्ट पुरा गर्ने कम्युनिष्ट सरकार जनताको सरकार हुनै नसक्ने दावी पनि गरे । दुई तिहाईको सरकारले भ्रष्टाचार, अनियमितता र अराजकता मात्रै फैलाएको भन्दै उनले धनीलाइ झन धनी बनाएर देशमा समृद्धिको नारा जपिरहेको उल्लेख गरे ।‘देश समृद्ध बनाउन धनी र गरीब बिचको खाडल कम गर्नु पर्छ । धनीलाइ झन धनी बनाएर देशमा समृद्धि आउदैन’ महामन्त्री कोइरालाले भने । कम्युनिष्ट सरकारका कारण देश गम्भिर मोडमा उभिएको भन्दै उनले नेपाली काँग्रेसले मात्रै लोकतान्त्रिक पद्यतीको रक्षा गर्न सक्ने बताए ।

    कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य तथा संसदिय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले राणा र राजाको सातो काडेको जय नेपालले अव दुइ तिहाइको सरकारको सातो काडने बताए । नेपाली काँग्रेसले राजाको नारा बोकेर हिडेको भन्ने सरकारका प्रवक्ताको आरोप प्रति कटाक्ष गर्दै नेता खाँणले पार्टीको नारा प्रति हल्का टिप्पणी गरेको भन्दै जय नेपाललेनै यो सरकारको सातो काडने बताए ।

    कार्यक्रममा केन्द्रिय सदस्यहरु डा. चन्द्र भण्डारी, प्रतिनिधि सभा सांसद प्रमोद यादव, प्रदेश सांसद डिल्ली चौधरी,जिल्ला सचिव रामकृष्ण खाँण, क्षेत्रीय सभापती हरी लम्साल, नगरसभापती खेलराज पाण्डे, रामप्रसाद अधिकारी,महिला संघका अध्यक्ष गंगा शाही लगायतले बोल्दै दुइ तिहाइको सरकारले देशमा सुशासन र शान्तिसुरक्षाको प्रत्याभुती गर्न नसकेको भन्दै त्यसका बिरुद्ध काँग्रेसले शसक्त खबरदारी गर्नु पर्नेमा जोड दिए ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार