कावासोतीमा भ्यानको ठक्करबाट २ जना घाईते - Butwal Online
कावासोतीमा भ्यानको ठक्करबाट २ जना घाईते

कावासोती, २८ बैशाख । नवलपुर जिल्लाको सदरमुकाम कावासोतीमा पिक अप भ्यानको ठक्करबाट २ जना पैदलयात्री घाईते भएका छन् । घाईते मध्ये एकको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।



शुक्रवार राती ८ वजे पूर्व बाट पश्चिम तर्फ जादै गरेको बा१४ च ८०५२ नम्बरको पिक अप भ्यानले नवलपुरको कावासोति नगरपालिका ९ थकालि चोक स्थित राजमार्गमा पैदल यात्रिलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । भ्यानको ठक्कर बाट कावासोति नगरपालिका ३ का वुद्ध वहादुर गुरुङ् र सोहि स्थान वस्ने २४ वर्षिय अविशेक परियार घाईते भएका हुन् ।

घाईते मध्य गुरुङ्को गम्भिर घाईते गुरुङ्को टाउकोमा चोट लागेको छ भने उनको अबस्था गम्भीर रहेको छ । घाइते परियारको शरिरका विभिन्न स्थानमा चोट लागेको छ । घाईते दुबैको कावासोतिमा सामान्य उपचारपछि थप उपचारकोलागि चितवनको भरतपुर पठाईएको जिल्ला प्रहरि कार्यालय नवलपुरले जानकारि दिएको छ ।

ठक्कर दिने भ्यान र त्यसका चालक प्रहरि नियन्त्रणमा रहेको प्रहरिको भनाई छ । ठक्कर पछि केहिवेर स्थानियले राजमार्ग समेत अवरुद्ध पारेका थिए । प्रहरीले ठक्कर दिने सवारि र चालकलाई पक्रउ गरेसंगै अबरुद्ध राजमार्ग संचालनमा आएको प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।

सदिक्षा गैरे

सदिक्षा गैरे बुटवल अनलाइनका नवलपुर सम्बादाता हुन् ।

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार