गौतमबुद्ध सामुदायिक मुटु अस्पताल र सनराईज बैंक विच स्वास्थ्य विमा सम्झौता - Butwal Online

बुटवल, २८  बैशाख

गौतमबुद्ध सामुदायिक मुटु अस्पताल र सनराईज बैंक लिमिटेड विचमा स्वास्थ्य विमा कार्यक्रमको लागि सहमती भएको छ । बैंकले आफ्ना ग्राहकहरुको लागि दुर्घटना र स्वास्थ्य विमा गरेसंगै अस्पतालसंग उपचारको लागि सम्झौता गरिएको हो ।

बुटवल राममन्दिर लाईनमा बैंकको १ सय ५ औं शाखा संचालनको क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज्य बज्रँचार्य र अस्पतालका अध्यक्ष एजाज आलमका विचमा उक्त सम्झौता गरिएको हो ।

सम्झौता अनुरुप बैंकमा खाता संचालनमा रहेका ग्राहक विरामी हुंदा खातामा रहेको २५ प्रतिशत रकमको दरले अधिकतम १ लाख रुपैया सम्मको उपचार सेवा लिन सक्ने छन् । बैंकका शाखा प्रमुख अरुण पाण्डेले स्वास्थ्य विमा गरिएका बैंकका ग्राँहकले गौतमबुद्ध सामुदायिक मुटु अस्पताल मा उपचार पछि अस्पतालको विल पेश गरेको एकहप्ता भित्रमै विना झण्झट रकम पाउने बताए ।

बैंकले स्वास्थ्य विमा संगै आफ्ना ग्राहकहरुको दुर्घटना विमा समेत गरिदिएको पाण्डेले जानकारी दिए ।बैंकले देशभरका आफ्ना ग्राहकहरुको ५ लाख सम्मको दुर्घटना विमा गरिदिएको उनले जानकारी दिए । दुर्घटनाविमा अन्तर्गत दुर्घटना पछि मृत्यु भएका वा अशक्त अवस्थाका घाईतेहरुको लागि समेत विमा वापत ५ लाख रुपैया उपलब्ध गराईने उनले बताए ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार