नवलपरासीमा जातिय छवाछुत सम्बन्धी बक्ततृत्वकला प्रतियोगिता सम्पन्न - Butwal Online

नवलपरासी, २८ बैशाख 

नवलपरासीको सुस्ता गाऊपालिका वडा नं ५ रामनगरमा जातिय छुवाछुत विषय सम्बन्धि बक्तृत्व कला प्रतियोगिता आज सम्पन्न भएको छ ।


खुशी संबाद केन्द्रको आयोजना तथा स्ट्रोम फाउण्डेशन र ए.बी.सी नेपालको सहयोगमा प्रतियोगितामा गणेश कुर्मीको अध्यक्षता तथा वडाध्यक्ष प्रभुनाथ यादवको प्रमुख अथित्यता रहेको थियो ।

कर्यक्रममा वडा सचिव कर्ण बहादुर दर्लामी,राजकिशोर मंडल,राजु पौडेल, पार्बती कोईरी,बलेशर बनिया,ओम प्रकाश तिवारी, रिमा कोहार लगायतहरुको उपस्थिती रहेको थियो ।
प्रतियोगितामा खुशी संवाद केन्द्रकी शिवानी रौनियार (प्रथम) सरस्वती संबाद केन्द्रकी कलावती बनिया (दितृय) मिलनसार किशोरी संबाद केन्द्रकी जरिना खातुन (तितृय) स्थान हासील गरेका थिए ।

प्रतियोगितामा करिब ८ वटा संबाद केन्द्रहरुको सहभागिता रहेको थियो।
प्रतियोगितामा विजयी भएका सहभागीहरुलाई भलिबल,ब्यटमिन्टल,घडी र कलमकापी पुरस्कार बितरण गरिएको फिल्ड सुपरवाईजर साईदा निशा पठानले जानकारी दिनु भयो ।

सहबान अन्सारी

सहबान अन्सारी बुटवल अनलाइनका नवलपरासी सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार