झुपिसरा कुंवरको मृत्यु रहस्यमय, दहि खाएको निहुँमा हत्या गरेको हो – माइतीपक्ष - Butwal Online

नेपालगन्ज २८ बैशाख 
बाँकेको बैजानाथ गाउँपालिका ८ करेलिभगराका २२ वर्षिय झुपिसरा कुंवरको मृत्यु रहस्यमय बनेको छ । २४ वर्षिय मोहनलाल कुंवर र उनका आमा काली कुमारी कुंवर मिलेर मोहनका श्रीमति झुपिसरा कुवरलाई मरासन्न हुनेगरी कुटपिट गरि विष सेवन गर्न बाध्य पारिएको मृतकका माइतिपक्ष र स्थानियले आरोप लगाएका छन ।

विष सेवन गर्न बाध्य बनाइनुपनि एउटा गम्भिर अपराध हो । विस सेवन गरेकै हो भने नि के कारणले झुपिसराले यस्तो निणर्य लिइन भन्ने नै अनुसन्धानको विषय बनेको छ । माइति र स्थानिय दहि खाएको नियुमा मरासन्न हुने गरी कुटेको बताउछन । मृतकको पोष्टमार्टम गरी दाहसस्कार पनि गरिसकिएको छ ।

पोष्टमार्टमको रिर्पोट भने एक दुई पछि आउने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । घटनाको अनुसन्धान शुरु भैसकेको प्रहरीको भनाई छ । घटना बैशाख २३ गते को हो । दिउँसो झुपिसरा कुंवरले कोहलपुरमा रहनुभएको आफ्नो दिदिलाई फोन गरेर केहि जरुरी कुरा भन्न खोजिरहेकि रहेछिन । तर उनको दिदी व्यस्त भएर कुरा हुन सकेन । यता राति ७ बजेको समयमा झुपिसराले एक्कासी विष सेवन गरिन भनेर अस्पताल लगिएको थियो ।

अस्पताल लैजाने बेला घर छेउकै छिमेकिलाई कुनै जानकारी नै दिइएको छैन । झुपिसराको गम्भिर समस्या भएको भन्दै शिक्षण अस्पताल नेपालगन्जको आइसियुमा उपचारको लागी २३ गते नै भर्ना गरीएको थियो । विष सेवन गरेको भनिएको झुपिसरा कुवरको मृत्यृ भने २७ गते शुक्रबार विहान ७ वजे डा.ले घोषणा गरे । प्रहरीले झुपिसराको श्रीमान र सासुआमालाई अनुसन्धानको लागी नियन्त्रणमा लिइसकेको भएपनि माइतिपक्षले दुवैजनाले हत्या गरेको हो भन्दै जन्मकैदको माग गरेका छन ।

सानो सानो बहानामा श्रीमान र सासुआमाले कुटपिट गर्ने मानसिक तनाव पहिले देखिनै दिने गरेको स्वयम स्थानीयले बताएका छन । मृतक झुपिसराका एक छोरा र एक छोरी छन । झुपिसराको मृत्यु भैसकेपछि छोरा छोरीहरु अहिले टुहुरा बनेका छन । गाउँ नै झुपिसराको मृत्युले सोखमा डुवेको छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार