बृद्धबृद्धा र महिलाहरुलाइ लक्षित गरि सप्ताहब्यापि स्वास्थ्य शिबिर सम्पन्न - Butwal Online

गुल्मी २९  बैशाख

गुल्मिदरबार गाउपालिका ले बृद्धबृद्धा र महिलाहरुलाइ लक्षित गरि सप्ताहब्यापि स्वास्थ्य शिबिर सम्पन्न गरेको छ । शिबिरमा २१५६ जना को स्वास्थ्य परिक्षण गरि जाचपडताल र नि: शुल्क औषधिपचार गरिएको गुल्मिदरबार गाउपालिका का स्वास्थ्य सम्योजक नारायण प्रसाद अर्याल ले बताउनुभयो ।

शिबिर मा १७९६ जना को रगत जाच, ९९८ जनाको भिडियो एक्स रे, १३५६ जनाको VIA जाच, ८०४ जनाको आखा जाच, १६२ जनाको दात सम्बन्धि उपचार , २९३ जनाको मुटुको इ सि जि लगायत का जाचहरु गरिएको थियो ।

उक्त शिबिरमा IUCD/implant sewaa प्रदान गरिएको थियो। उक्त शिबिरमा २५ जना महिला मा VIA positive,७८ जनामा आखाको मोतिबिन्दु, १३१ जनामा vision problem,३४ जनामा पित्त थैलि मा पथ्थरि, १७९ जनामा मिर्गौलामा पथ्थरि, ११ जना महिला मा पाठेघर खसेको, १२ जनामा मुटु मुटु सम्बन्धि समस्या हरु देखा परेका थिए । मिति २०७६/०१/२२ मा गाउपालिका अध्यक्ष्श्री अशोक कुमार थापा ले समुध्घाटन गर्नुभएको उक्त शिबिर को समापन वडा न ७ को रेशुङा इङ्लिस बोर्डिङ स्कुल मा वडा न ७ का वडा अध्यक्ष श्री टोप टोप बहादुर बस्नेत ले गर्नुभएको थियो।

शिबिरमा सघाउ पुर्याउने ८३ ज्ना महिला स्वास्थ्य स्वमसेबिकाहरु लाइ गाउपालिका द्वारा १/१ थान ब्याग प्रदान गरिएको थियो भने शिबिर मा ३ जना एम बि बि एस डाक्टर सहित ४० जना स्वास्थ्यकर्मिहरुको टोलि परिचालन गरिएको सम्योजक अर्याल ले बताउनु भयो ।

गाउटोल का बृद्दबृद्दा तथा महिलाहरुलाइ सहज होस भनि यस्तो शिबिरको आयोजना गरिएको गाउपालिका अध्यक्ष श्री अशोक कुमार थापा ले बताउनु भयो भने शिबिर शिबिर अत्यन्त प्रभाबकारि र उपयोगि भएको शिबिरमा सहभागि डा शिला ढकाल ले बताउनु भयो । त्यस्तै गुल्मिदरबार गाउपालिका का प्रमुख प्रशासकिय अधिकृत श्री लेख बहादुर बस्नेत ले गाउटोल सम्म अस्पताल नै स्थापना भएको झल्को दिनेगरि प्रभाबकारि रुपमा शिबिर सन्चालन भएको उल्लेख गर्नुभयो।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार