Trending
  • रुपन्देहीको देवदहमा जारि मेयर कप को उपाधी वडा न. २ लाई - Butwal Online
    रुपन्देहीको देवदहमा जारि मेयर कप को उपाधी वडा न. २ लाई

    देवदह, २९ वैशाख 

    देवदहमा भएको अन्तर वडा स्तरीय मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर २ ले हात पारेको छ । पानवारि खेल मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा वडा नम्बर २  ले वडा नम्बर ५ लाइ २-० ले पराजित भएको छ ।




    दोस्रो हाफको ५२ औँ मिनेटमा जर्सी नम्बर ९ का पुरन थापाले गोल गर्दै वडा नम्बर २ लाई अग्रता दिलाए । त्यसपछि खेलको अतिरिक्त समयको पहिलो मेनेटमा ब्याक्तिगत दोस्रो गोल गर्दै पुरन थापाले वडा नम्बर २ लाइ वडा स्तरीय मेयर कप फुटबल प्रतियोगिताको उपाधि दिलाएका हुन् ।

    देबदह नगरपालिका ,नगर खेलकुद बिकास समिती देबदहको आयोजनामा संचालित मेयर कपमा बाह्र वटा वडा सहभागी थिए , प्रतियोगिता बैशाख २२ गते देखि सुरु भएको थियो ।

    प्रतियोगितामा बिजेता र उपबिजेता भएका टिमलाइ प्रदेश शभा सदस्य डा कृष्ण न्यौपाने ,देबदह नपाका मेयर हिरा बहादुर खत्री ,उपमेयर बिद्या लक्ष्मी गुरुङ ,दिपक चापागाईं लगायतले सिल्ड नगद र प्रमाण पत्र प्रदान गरेका थिए ।

    समापन समारोहमा बोल्दै मेयर हिरा बहादुर खत्रीले देबदह नगर पालिकालाइ खेलकुदको माध्यमबाट बिकास गर्ने लक्ष्य राखेको बताए ।अहिले खेल भएको पानवारि मैदानलाइ बिकास गरि दस हजार दर्शकले हेर्न मिल्ने प्याराफिट बनाउने उनले बताए।

    प्रतियोगिता बिजेता टिमले नगद एक लाख सिल्ड मेडल र प्रमाणपत्र तथा उपबिजेता टिमले नगद रु पचास हजार सिल्ड र प्रमाणपत्र पाएका थिए ।


    प्रतियोगितामा बेस्ट डिफेन्डिरको उपाधी वडा नम्बर ५ का सुजन गुरुङ र प्रतियोगितामा सबै भन्दा धेरै गोल गर्ने शक्ति घले
    उत्कृष्ट किपरको उपाधि वडा नम्बर  २ का निशाना खाम्चा ,बेस्ट प्लेयरको उपाधी वडा नम्बर ५ का सुमन थापा लगायतलाई पनि पुरस्कार वितरण गरिएको थियो ।

    कार्यक्रम नगद खेलकुद बिकास समितीका संयोजक दिपक चापागाइको अध्यक्षता,प्रदेश शभा सदस्य डा कृष्ण न्यौपानेको प्रमुख आतिथ्यता ,देबदह नपाका मेयर हिरा बहादुर खत्री,उपमेयर बिद्या लक्ष्मी गुरुङको बिशिस्ट आतिथ्यता र नगर खेलकुद बिकास समितीका सदस्य दिपेश बिक्रम मल्लको संचालनमा सम्पन्न भएको थियो।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार