कक्षा ११ को परीक्षा आजबाट सुरु - Butwal Online
कक्षा ११ को परीक्षा आजबाट सुरु

काठमाडौं । कक्षा ११ को परीक्षा आजबाट सुरु भएको छ । यस वर्ष कक्षा ११ को परीक्षामा ५ लाख आठ हजार ४ सय ९४ परीक्षार्थी सहभागि भएका छन् ।

जेठ ८ गते सम्पन्न हुने कक्षा ११ को परीक्षामा साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको सहभागिता रहनेछ । आज बिहान ७ बजेबाट परिक्षा सुरु भएको र परीक्षामा मोबाईल निषेध गरिएको राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ।

राष्ट्रिय परिक्षा बोर्डले परीक्षाका लागि देशभर एक हजार १ सय ७ परीक्षा केन्द्र निर्धारण गरेको जनाएको छ । परिक्षामा सबभन्दा बढी परीक्षा केन्द्र काठमाडौँमा १२२ वटा र सबैभन्दा कम मनाङरमुस्ताङमा एक परीक्षा केन्द्र निर्धारण गरेको बोर्डका सदस्यसचिव दुर्गा अर्यालले जानकारी दिए ।

परीक्षामा कम श्रवणशक्ति भएका, दृष्टिविहीन वा सुस्त मनस्थिति वा अन्य प्रकृतिको अपाङ्गता भएका परीक्षार्थीका लागि परीक्षामा विशेष व्यवस्था गरिएको छ । कारागार वा बालसुधार गृहमा रहेका परीक्षार्थीलाई पनि परीक्षा दिने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार