पश्चिमाञ्चल यातायात समितीमा पाण्डे - Butwal Online
पश्चिमाञ्चल यातायात समितीमा पाण्डे

बुटवल, २९ बैशाख ।
पश्चिमाञ्चल यातायात व्यवसायी समिति (ट्रक) को अध्यक्षमा यम प्रसाद पाण्डे निर्वाचीत भएका छन । पाण्डे आफ्ना प्रतिस्पर्धी हरी प्रसाद कँडेल भन्दा १ सय बढी मतले विजयी भएका हुन् । पाण्डेले ४२८ मत ल्याए भने कडेलले ३२१ मत पाए ।


अध्यक्ष पाण्डे नेकपा निकट ब्यवसायी हुन भने पराजीत हरि प्रसाद कडेल नेपाली कांग्रेस निकट ब्यवसायी हुन् ।
लामो समयसम्म उक्त समितीका बिभिन्न पदमा रहेर काम गर्दै आएका पाण्डे यसअघि बरिष्ठ उपाध्यक्ष थिए भने कंडेल माहासचिव थिए ।
समितिको अध्यक्ष सहित एक उपाध्यक्ष र २ सदस्यमा पाण्डेको समुहका उम्मेद्धारहरु बिजयी भएपनि बरिष्ठ उपाध्यक्ष सहित अधिकांश पदाधिकारी र सदस्यमा कडेलको समुहका उम्मेद्धारहरु बिजयी भएका छन ।
उक्त संस्थामा नेकपा निकट ब्यवसायी नेतृत्वमा आएको पहिलो पटक हो ।
त्यसैगरी उक्त निर्वाचनबाट पाण्डेको समुहका पाल्पा गुल्मि स्याङ्जा रुट उपाध्यक्षमा गोबिन्द बहादुर बिसी र सदस्यमा गोपाल लम्साल र भोला खाँण निर्वाचीत भएका छन् ।
त्यसैगरी बरिष्ठ उपाध्यक्षमा प्रताप बहादुर कार्की, खुल्ला उपाध्यक्षमा सिद्धार्थ उदय, कपिलवस्तु अर्धाखाची रुट उपाध्यक्षमा गणेश घिमिरे र कोषाध्यक्षमा हरी प्रसाद रिमाल निर्वाचीत भएका छन । समितिका सदस्यहरुमा कृष्ण ठकुरी, लक्ष्मण गैरे (नेताजी), कृष्ण बहादुर केसी, ओमकान्त तिमिल्सीना, तिलक प्रसाद काफ्ले, देबेन्द्र बानियाँ, शोभाकान्त पाण्डे, नारायण प्रसाद रेग्मी निर्वाचीत भएका छन ।
यसअघि उम्मेदवारी दर्ताका क्रममा अस्ति महासचिव पदमा जितु भाट सहित ७ पदाधिकारी पदमा निर्विरोध भएको थियो ।
त्यसरी निर्विरोध हुनेमा महासचिवमा जितु भाट, सचिवमा वसन्त खडका, रुपन्देही उपाध्यक्षमा अर्जुन कुमार भुसाल र डिल्ली राज रिजाल, नवलपरासी सेक्टर उपाध्यक्षमा खिम बहादुर थापा क्षेत्री नारायण,नवलपुर सेक्टर उपाध्यक्षमा पर्शुराम भण्डारी रामु र काठमाण्डौ सेक्टर उपाध्यक्षमा रमेश कुमार फौज्दार रहेका छन् ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार