नेकपा बाँकेकोे कार्यसमितिमा अपाङ्गता प्रतिनिधित्व शुन्य - Butwal Online

नेपालगन्ज २९ बैशाख । समावेशी र समानुपातिक प्रतिनिधित्वको आवाज उठिरहेका बेला नेकपा बाँकेको नेतृत्वले भने अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक अधिकार बञ्चित गरिदिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी बाँकेको जिल्ला कमिटीमा अपाङ्गता भएका व्यक्तिलाई समावेश गरिएको छैन् । हालै पूर्णता पाएको १ सय ५५ सदस्यिय जम्वो कार्यसमितिमा एकजना पनि अपाङ्गता भएका व्यक्ति नसमेटिएको हो । जिल्ला कार्यसमितिलाई पूर्णता दिनेक्रममा पूर्व एमालेबाट ८५ र पूर्व माओवादीबाट ५५ जना छनौट गर्ने क्रममा एमाले र माओवादी दुवैतर्फबाट एकजना पनि अपाङ्गता भएका व्यक्तिलाई नछानिएको हो । शारीरिकरुपले अपाङ्गता भएपनि नेकपाका शान्तिराज रेग्मी, अयुव सिद्दिकी, कर्णबहादुर थापा, बालाराम ढकाल, देविदत्त आचार्य, रामगोपाल थारुलगायतले पार्टीमा योगदान दिंदै आएका छन् ।

१ सय ५५ जनाको जम्वो कार्यसमिति बन्दा कम्तिमा एकजना भएपनि अपाङ्गता भएको साथीलाई समावेश गर्नुपथ्र्यो नेपाल अपाङ्ग महासंघ प्रदेश पाँचका अध्यक्ष देविदत्त आचार्यले भने– ‘यसले के स्पष्ट पारेको छ भने अपाङ्गता मुद्दामा पार्टी नेतृत्व सम्वेदनशिल छैन् ।’ नेकपा बाँकेका अध्यक्ष आइपी खरेलले सशस्त्र द्वन्द्वमा घाइतेहरुलाई जिल्ला कार्यसमितिमा राखिएको बताए । पार्टीमा नभएका अपाङ्गता भएका व्यक्तिलाई राख्ने कुरा भएन्उनले भने–‘तर भएका साथीहरुलाई सकेसम्म समेट्ने कोशिष गरेका छौं ।’

सशस्त्र द्वन्द्वमा घाइते भएकालाई समावेश गर्दैमा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व भएको मान्न नसकिने अपाङ्गता अधिकारकर्मीहरु बताउँछन् । सर्वहारावर्ग, सीमान्कृत समुदायको प्रतिनिधित्व गर्ने पार्टीले त्यो वर्गलाई समेट्न नसकेको भन्दै अपाङ्गता अधिकारकर्मीहरुले चित्त दुखाएका छन् । नेकपाको जिल्ला कार्यसमितिलाई पूर्णता दिनेक्रममा एकथरीले अपाङ्गता भएका व्यक्तिहरुलाई समेट्न खोजेपनि पूर्व एमालेका नेता दिनेशचन्द्र यादवले अस्विकार गरेको नेकपाकै नेताहरुले बताएका छन् । अपाङ्गता भएका व्यक्तिलाई राख्न जरुरी छैन यादवको भनाइ उध्रृत गर्दै ति नेताले भने–‘पछि सबैले हुन्छ नराखौं भन्ने सहमति भयो ।’

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार