नेविसंघका सभापति जेल चलान - Butwal Online
नेविसंघका सभापति जेल चलान

दाङ, २९ बैशाख

नेविसंघ दाङ साविक क्षेत्र नम्बर ३ का सभापति तिलक रावत जेल चलान भएका छन् । रावतलाई ज्यान मार्ने उद्योग मुद्दामा पुर्पक्षकाकालागि दाङ जिल्ला अदालतले थुनामा राख्न आदेश दिएको हो ।

नमस्ते राप्ती यातायात प्रालिका सल्लाहकार राजु खाँनको हत्या गर्ने उद्देश्यले आक्रमण गरेको भन्दै दाङ प्रहरीले उनी विरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत अदालतमा मुद्दा दायर गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद शर्मा उपाध्याय पंज्ञानीको इजलासले रावतलाई पुर्पक्षकालागि थुनामा राख्न आदेश दिएको हो । उनले खाँनलाई बैशाख ४ गतेराति आक्रमण गरेका थिए । रावत यसअघि मुर्ति चोरी काण्डमा पनि संलग्न भएको प्रहरीले जनाएको छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार