स्वास्थ्य क्षेत्रमा अब्बल बन्दै मालिका गाउँपालिका, घर छेउँमै उपचार पाउँदा खुसी - Butwal Online

गुल्मी, २९ वैशाख 
‘ऋण खोजेरै भएपनि उपचार गराउन बुटबल वा काठमाडौ जाने योजना थियो ।’ मुटु दुख्ने समस्याले ग्रसित मालिका गाउँपालिका ४ का हिमाल शर्माले भने, ‘गाउँमै शिविर आएपछि उपचार पाउँदा खुसि छु ।

 

’ मालिका गाउँपालिका ३ की ७६ बर्षिय खिम कुमारी बुढालाई पनि मुटु दुख्ने समस्या थियो । गाउँपालिकाले शिविर संचालन ग¥र्यो । उनलाई ढुङ्गा खोज्दा देउता मिलेजस्तै भयो । गाउँमै उपचार पाउँदा ढुक्क भएको र खर्च पनि जोगिएको उनले बताइन् । गुल्मीको विकट गाउँ अर्खबाङमा मुटु मृगौला तथा सुगर रोगको उपचार पाउँदा नागरिक खुसी भएका छन् ।

मालिका गाउँपालिका र गौतम बुद्ध सामुदायिक मुटु अस्पतालको आयोजनामा बिशेषज्ञसहितको निशुल्क शिविर संचालन गरिएको थियो । बरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बिशाल केसीले प्रदेश सांसद दिनेश पन्थीको ब्लड प्रेसर जाँच गरेर शिविरको शुभारम्भ गरिएको थियो । मालिका गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई अब्बल बनाउँदै लगेको छ । गाउँपालिकाले यो संगै चालु आर्थिक बर्षमा तीनवटा आँखा शिविर गरिसकेको छ । गाउँपालिका प्रमुख रित बहादुर थापाले नागरिक स्वस्थ भए मात्रै विकसित समाज निर्माण हुने भएकाले गाउँ–गाउँमा निशुल्क बृहत शिविरहरु संचालन गरेको बताए ।

त्यस्तै एउटा महिला रोग सम्बिन्ध एउटा निशुल्क शिविर गरेको गाउँपालिकाले जनाएको छ । सुरक्षित प्रसुतीको लागि मालिका गाउँपालिकाले सबै वडामा वर्थिङ सेन्टर संचालनमा ल्याएको छ । भने तीन स्थानमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्त भुसालले बताए ।

शिविरको उद्घाटन गर्दै प्रमुख अतिथि सांसद पन्थीले मुटु मानिसको जीवन भएकाले गाउँमै सेवा पाउने नागरिक निकै भाग्यमानी भएको बताए । उनले मुटु मृगौलाको उपचार गाउँमै पाउनुनै गाउँ(गाउँमा सिंहदरवार भएको बताए । त्यस्तै गौतम बुद्ध सामुदायिक अस्पतालका अध्यक्ष एजाज आलमले विकट ठाउँमा आएर जनताको सेवा गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले आफुहरुको संस्था पनि नाफा भन्दा सेवामुलक भएकाले बिकट स्थानमा आएर सेवा दिएको बताए । शिविरमा झण्डै एक हजार जनाले मुटु, मृगौला लगायतको परिक्षण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोबिन्द भट्राईले बताए ।

वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर विशाल केसीले शिविरमा आउने अधिकाशं नागरिकहरुमा वाथ रोग, व्लड प्रेसर, मुटुको प्वाल तथा जन्मजात मुटुको समस्या र हृद्यघातको समस्याहरु देखिएको बताए । साथै उनले समुदायमा स्वास्थ्य सचेतना तथा खानपानमा ख्याल गर्नुपर्नेमा जोड दिए ।

‘गाउँमा सचेतनाको कमी र स्वास्थ्यभन्दा कामलाई महत्व दिने कारण समस्या बल्झिएका छन्,’उनले भने,‘यो बिषयमा नागरिकनै सचेत बन्नुपर्छ ।’ डाक्टर केसीसहित ३४ जनाको स्वास्थ्यकर्मी टोली अर्खबाङ्ग पुगेको थियो । मालिका गाउँपालिकाले यो आर्थिक बर्षमा स्वास्थ्यको क्षेत्रमा ३४ लाख विनियोजन गरेको छ । भने मुख्यमन्त्री ग्रामिण कार्यक्रम अन्र्तगत विनियोजन भएको पाचँ लाख गरी कुल ३९ लाख स्वास्थ्यको क्षेत्रमा खर्च गर्ने गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले जानकारी दिए ।

अहिले कुनै पनि स्वास्थ्य सँस्थामा औषधीको अभाव नभएको बताए । ‘प्रत्येक स्वास्थ्य सँस्थामा कम्तिमा चार महिनालाई पुग्ने गरी औषधी भण्डारमा छ,’ गिरीले भने, ‘जनताको स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्न लागि परेका छौ ।’

हुमाकान्त पोखरेल

हुमाकान्त पोखरेल बुटवल अनलाइनका गुल्मी सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार