Trending
  • इन्डियन प्रिमियर लिग (आइपीएल) २०१९ : चेन्नईलाई हराउदै मुंबई चौथो पटक बन्यो च्याम्पियन - Butwal Online

    आईपीएल १२ को उपाधि मुम्बई इडियन्सले जितेको छ । मुम्बईको यो आईपीएलको चौथो उपाधि हो । चेन्नई सुपर किंग्सलाई जारी आईपीएलमा चौथो पटक हराउँदै उपाधि कब्जा गरेको हो ।



    हैदरावादको राजीव गान्धी स्टेडियममा पहिले टस जितेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रनको योगफल बनाएको थियो । १५० रनको लक्ष्य पछ्याएको चेन्नाईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४८ रनमात्र बनाउन सक्यो ।

    मुम्बईको जितमा केइरन पोलार्डले सर्वाधिक ४१ रन बनाएका थिए । ओपनर क्वीन्टन डि ककले २९, इशान किसनले २३ र हार्दिक पाण्ड्याले १६ रन बनाए । रोहित शर्मा र सूर्यकुमार यादवले समान १५-१५ रन बनाए ।

    बलिङतर्फ दीपक चहरले तीन विकेट लिए भने शार्दुल ठाकुर र इमरान ताहिरले २-२ विकेट लिए ।

    चेन्नईका लागि शेन वाट्सनले ८० रन बनाए पनि जित दिलाउन सकेनन् । फाफ डु प्लेसिसले २६ र ड्वेन ब्राभोले १५ रन जोडे । अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । कप्तान महेन्द्रसिंह धोनी २ रनमा आउट भए ।

    बलिङतर्फ मुम्बईका लागि जस्प्रित बुम्राहले दुई विकेट लिए भने क्रुनाल पाण्ड्या, लासिथ मलिंगा र राहुल चहरले एक-एक विकेट लिए ।

    यो जितसँगै मुम्बई आईपीएलको सबैभन्दा सफल टिम बनेको छ । उसले पछिल्लो सात वर्षमा चौथो पटक आईपीएलको उपाधि जितेको छ । यसअघि मुम्बई २०१३, २०१५ र २०१७ मा पनि आईपीएल च्याम्पियन बनेको थियो ।  आईपीएल २०१९ को १२ औं संस्करणमा सबैभन्दा धेरै २६ विकेट लिन सफल इमरान ताहिर बने ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार