Trending
  • इलाका प्रहरी कार्यालय भवन उद्घाटन - Butwal Online
    इलाका प्रहरी कार्यालय भवन उद्घाटन

    कपिलवस्तु, ३० बैशाख 
    कपिलवस्तुको कृष्णनगरमा रहेको ईलाका प्रहरी कार्यालय आज आफ्नै नया भवन मा सरेको छ। नेपाल प्रहरी भौतिक संरचनाहरुको निर्माण गर्न एमआईपीपी प्रोजेक्ट डीएफआईडीको कोषमा यूएनओपीएसद्वारा नेपाल आदर्श निर्माण प्रा.लि.काठमाण्डौसँग १८ अप्रैल २०१६ मा सम्झौता भई ३० अक्टूबर २०१७ सालमा सम्पन्न गरी ३०मई २०१८ मा नेपाल प्रहरीलाई हस्तान्तरण गरेको भवनको आज बैशाख २९ गते आइतबार प्रहरी प्रधान कार्यलय प्रशासन तथा मानव श्रोत विकास प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक ठूले राईले एक समारोहका बीच कार्यलयको उद्घाटन गरे ।



    कार्यलय उद्घाटन गर्दै राईले भनेकि हामी पटक पटक भवन निर्माण गर्न सक्दैनौ एउटा भवन निर्माण गर्नमा कतिको समय र बजेट लाग्छ तर हामीले गर्नु पर्ने समन्य कुरामा ध्यान दिइएन भने यो भवन समय भन्दा अगाडी नै जिर्ण हुन सक्छ । त्यो नहोस र नहुन पाओस भन्ने कुरामा विशेष गरी यस कार्यलयका प्रमुख र सम्पूर्ण जिम्मेवार जवानहरुलाई निर्देशन दिन चाहन्छु र स्थानीय सामाजिक राजनैतिक हैसियतले पनि खबरदारी गर्नको लागि आग्रह गरे ।

    कृष्णनगर नगरपालिकाले ईलाका प्रहरी कार्यलय कृष्णनगर मा जवान व्यारेक बनाउन का लागि १०लाख छुट्टाइएको भन्दै अपुग रकम रहेको विभागले जानकारी दियो ।

    कार्यक्रममा यूएनओपीएकका प्रतिनिधि यादव अधिकारी,५नम्बर प्रदेश प्रहरी नायब महानिरिक्षक पिताम्बर अधिकारी,कृष्णनगर नगर उपप्रमुख शबनम खातुन लगायत पदाधिकारी, समाजसेवी,पत्रकार सुरक्षाक्रर्मीहरुको उपस्थिति रहेको थियो । उक्त भवन कर सहित कुल लागत २ करोड ४४ लाख र ३९४ वर्ग मिटर क्षेत्रफलमा रहेको प्रदेश ५ प्रदेश प्रहरीका प्रहरी निरीक्षक सुमन दहालले प्रतिवेदन पेश गरे भने उक्त कार्यक्रम संञ्चालन ई.प्र.का.प्रहरी निरीक्षक सूर्य बहादूर बोगटीले गरेका थिए।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार