Trending
  • नेतृत्वकै कारण नेबिसंघ सकियो : पौडेल - Butwal Online
    नेतृत्वकै कारण नेबिसंघ सकियो : पौडेल

    चितवन ३० बैशाख 
    नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेल ले पार्टीको मुल नेतृत्वका कारण नेबिसंघ ध्वस्त भएको आरोप लगाउनुभएको छ । उहाँले नेतृत्वको अकर्मण्यताका कारण नेबिसंघ मृत अबस्थामा पुगेको बताउनुभयो ।


    नेपाल शिक्षक संघको स्थापना दिबसको अबसरमा आयोजित कार्यक्रममा सहभागी हुन चितवन आउनुभएका पौडेलले भरतपुर बिमानस्थलमा पत्रकारहरुसङ संक्षिप्त प्रतिकृया दिदै यस्तो बताउनुभएको हो । “नेबिसंघ निष्क्रिय छ , यो दुखको बिशय हो । यसमा मुल नेतृत्व नै दोशी छ । ” नेबिसंघको पुर्ब केन्द्रिय अध्यक्ष समेत रहेका पौडेलले भन्नू भयो ।



    ” म लगायतका साथिहरु नेबिसंघका बिशयमा गम्भीर छौ , तर हाम्रो बहुमत नहुँदा नेतृत्व ले पेलिरहेको छ । ” पौडेलले भन्नू भयो यो निकै गम्भीर बिशय हो । मुल नेतृत्वले आफू खुशी नेबिसंघको नेतृत्व चयन गर्न खोज्दा यो समस्या आएको पौडेलको भनाई थियो । उहाँले आफुहरुले छिट्टै यस बारेमा निर्णय लिने बताउनुभयो ।
    बर्तमान सरकार अधिनायकवाद तर्फ उन्मुख भएको भन्दै पौडेलले सरकारलाई दुई तिहाईको दम्भ त्याग्न आग्रह गर्नुभयो । ” दुईतिहाई छ भन्दैमा , संबिधान बिपरित काम गर्न पाईदैन ।

    ” पौडेलले भन्नू भयो ” यसै गरि अगाडि बढ्ने हो भने जनताले सरकार ढाल्न नि सक्छन् । ” पौडेलले संबिधानबिरोधि काम नगर्न सरकारलाई सचेत गराउनुभयो । प्रधानमन्त्री देखि तल्लोस्तरका कार्यकर्ता सम्म दम्भ र अहंकार बढेको भन्दै पौडेलले यसले उनिहरुलाई नै घाटा हुने बताउनुभयो ।
    प्रतिपक्षी को रुपमा काङ्रेसको भुमिका कमजोर देखियो नि भन्ने पत्रकारहरुको प्रश्नमा पौडेलले भन्नू भयो -” काङ्रेस संसदमा आकारमानै सानो छ , त्यसकारण त्यस्तो देखिएको होला तर खबरदारी गर्ने कुरामा काङ्रेस चुकेको छैन । ” उहाँले काङ्रेसले अब सरकारका गलत क्रियाकलापका बिरुद्द सदन र सडकबाट आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार