Trending
  • रोकिराखेका २ बसमा आगलागी - Butwal Online
    रोकिराखेका २ बसमा आगलागी

    बाँके, ३१ वैशाख । नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुरस्थित बाइपासमा रहेको एक ग्यारेजमा रोकिराखेको बसमा आगलागी भएको छ ।

    फाइल तस्बिर



    आगलागीबाट ना ४ ख ७०२४ र ना ५ ख २४६५ नम्बरको बस जलेर पूर्णरुपमा क्षति भएको हो । आगलागीका कारण ग्यारेजमा मर्मत भइरहको ना ५ ख २४६५ नम्बरको बसमा बिहान १०ः३० बजे एक्कासि विद्युत् सर्ट हुँदा आगलागी भएको र सोही बस नजिकै रोकिराखेको अर्को ना ४ ख ७०२४ नम्बरको बसमा आगो सल्किँदा दुवै बस जलेर पूर्णरुपमा नष्ट भएका छन् । बसमा आगलागी भएलगत्तै स्थानीयवासीले नेपालगञ्जस्थित बारुणयन्त्रलाई खबर गरेका थिए ।

    खबर पाएलगत्तै दमकल घटनास्थलमा पुगेको बारुणयन्त्र, स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरीले १२ बजे आगो नियन्त्रणमा लिएका थिए । केही ढिलो पुगेका कारण दुवै बस पूर्णरुपमा जलेको स्थानीयवासीको भनाइ छ । आगलागीबाट भएको क्षतिको यकिन विवरण भने नखुलेको स्थानीय वडा प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी निरीक्षक नारायण डाँगीले बताए ।

    रासस

    बुटवल अनलाइन रासस को ग्राहक हो

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार