गुल्मीको धुर्कोट गाउँपालिकामा नि:शुल्क स्वास्थ्य शिविर हुँदै - Butwal Online

रमेश पराजुली
बुटवल, ३१ वैशाख । गुल्मीको धुर्कोट गाउँपालिकामा नि:शुल्क बृहत् स्वास्थ्य शिविर सन्चालन हुने भएको छ ।

नेपाल मेडिकल कलेज काठमाडौँको आयोजनामा गाउँपालिकाको वडा नम्बर ६ मा रहेको ‘धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्र’मा आगामी जेठ ३ गते शुक्रबार स्वास्थ्य शिविर सन्चालन हुन लागेको गाउँपालिका प्रमुख भुपाल पोखरेलले बताए । उनले थपे स्थानिय वासीलाई केहि लाभहोस भन्ने उदेश्यले नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेका हौँ ।

विभिन्न रोगबाट पिडित बनेका बिरामीहरुले गाउँपालिकाले आयोजना गरेको नि:शुल्क स्वाथ्य शिविरमा आएर आफ्नो स्वास्थ्य परिक्षण गर्न समेत पोखरेलले सबैलाई आग्रह गरेका छन् । नि:शुल्क स्वास्थ्य शिविरमा बिरामीले जनरल मेडिसिन, स्त्रीरोग तथा प्रसुती सेवा, बालरोग, सर्जरी सेवा, प्रयोगशाला सम्बन्धि सेवा, भिडियो एक्सरे लगायतका सेवाहरु पाउने धुर्कोट गाउँपालिका वडा नम्बर ७ वाग्ला स्वास्थ्य चौकीका सिनियर अहेव राम प्रसाद पन्थीले जानकारी दिए ।

यो पनि पढ्नुहोस

पहाडको गाउँमा जन्मिएकी मेरी “आमा”

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार