विदेशी मुद्राको भाउ घट्यो - Butwal Online
विदेशी मुद्राको भाउ घट्यो

काठमाण्डौ,१ जेठ ।

अमेरिकी डलरसहित रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको भाउ बुधबार घटेको छ ।मंगलबार बढेको अमेरिकी डलरसहित रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको भाउ बुधबार घटेको हो ।नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि तोकेको विदेशी मुद्राको भाउ अनुसार एक अमेरिकी डलरको खरिददर ११२ रुपैयाँ ४० पैसा र बिक्रीदर ११३ रुपैयाँ तोकेको छ । हिजो खरिददर ११२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११३ रुपैयाँ १६ पैसा थियो ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३० रुपैयाँ १३ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ०१ पैसा र बिक्रीदर ३० रुपैयाँ १७ पैसा थियो ।आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ७२ पैसा र बिक्रीदर ३० रुपैयाँ ८९ पैसा तोकिएको छ । हिजो खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०८ पैसा तोकिएको थियो ।यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ६० पैसा र बिक्रीदर ३० रुपैयाँ ७६ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ६४ पैसा र बिक्रीदर ३० रुपैयाँ ८१ पैसा रहेको थियो ।बुधबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ९५ पैसा र बिक्रीदर २७ रुपैयाँ १० पैसा छ । हिजो खरिददर २७ रुपैयाँ ०३ पैसा र बिक्रीदर २७ रुपैयाँ १७ पैसा थियो ।यस्तै आज कुवेती दिनारको १ को खरिददर ३६९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३७१ रुपैयाँ ४२ पैसा तोकिएको छ । हिजो खरिददर ३६९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७१ रुपैयाँ ९२ पैसा थियो ।बहराइन दिनार १ को खरिददर २९८ रुपैयाँ २७ पैसा र बिक्रीदर २९९ रुपैयाँ ८६ पैसा छ । हिजो खरिददर २९८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३०० रुपैयाँ १५ पैसा थियो ।कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९ रुपैयाँ ५१ पैसा रहेको छ । हिजो खरिददर ९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९ रुपैयाँ ५३  पैसा थियो ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार