रुपन्देहीको गैडहवामा किशोरी मृत फेला, हत्या भएको हुनसक्ने आशंका - Butwal Online

रुपन्देही, १ जेठ । रुपन्देहीको गैडहवा गाउँपालिकामा एक किशोरी मृत अवस्थामा फेला परेकी छन् । गाउँपालिका वडा न.१ साँडिको भुझौली भन्ने गाउँमा आज (बुधबार) विहान ६ बजे विहेको तयारीमा रहेकी १९ वर्षीय सवनाम निशा नाम गरेकी किशोरी मृत अवस्थामा फेला परेकी हुन् ।

मृतक निशा खेतको सुख्खा कुलोमा वेवारिसे अवस्थामा फेला परेकी हुन् । सोमबार राति खाना खाए पछि निशा घरविहान भएकी थिइन् । मृतक निशालाई पोष्टमार्टका लागाी त्रिवि टिचिङ अस्पताल महाराजगंञ्ज काठमान्डौ पठाइएको छ भने घटना स्थलबाट एक युवाकलाई प्रहरीले आशका रुपमा नियन्त्रणमा लिएको छ । स्थानीयहरुले विहान करिब ७ वजे प्रहरीलाई खवर गरे लगत्तै प्रहरी घटना स्थल तर्फ पुगेको थियो ।

रुपन्देही प्रहरीका प्रहरी उपरिक्षक ह्दय थापाले घटना गम्भीर प्रकृतिको भएका कारण घटनाको अनुसन्धानलाई तिव्र पारिएको जानकारी दिए । उनले घटनाको अनुसन्धान अघि बढिसकेको बताउदैँ पोष्टमार्ट पछि घटनाको कारण पत्ता लाग्ने बताए । एसपि प्रहरी थापा भन्छन्“पोष्टमार्टमबाट आएको रिपोर्ट अनुसार हामी घटनाको सफल अनुुसन्धान गछौँ,चाडै नै घटनाको बास्ताविकता पत्ता लगाई दोषिलाई कानुनी दायरामा ल्याउछौ ”बताए । मृतक निशाका वुवा महोम्मद हिसाहार भन्छन् “सोमबार राति खाना खाएपछि छोरी सुत्न गयो कोठामा अनि राति आमाले हेर्दा विस्तारामा नभएपछि खोजिकार्यमा जुटियो अनि मंगलबार पनि दिनभर खोजिकार्यमा लाग्दा पनि भेटिएन र आज मृत अवस्थामा फेला परेको छ उनले बताए ।

छोरीको विहे यो महिनामा हुन लागेको थियो तर अहिले यस्तो घटना घट्यो उनले भने । सामुहिक रुपमा हत्या गरेर फालीएको हुन सक्ने स्थानीहरुले आरोप लगाएका छन् । घटनाको बास्ताविकता पत्ता लगाई छिटै नै दोषिलाई कडा भन्दा कडा कार्वाही प्रक्रिया अघि बढाउन प्रहरीलाई अपिल गरेका छन् ।

 

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार