Trending
  • नवलपरासीमा ईन्दिरा सुगरमिल बन्द हुने - Butwal Online
    नवलपरासीमा ईन्दिरा सुगरमिल बन्द हुने

    नवलपरासी,१ जेष्ठ

    नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं ८ स्थित ईन्दिरा सुगर मिलले यार्ड बाहिर रहेको उखु आज मात्र ईण्ट्री गरी यस पश्चात ईण्ट्री बन्द गरिने सुचना जारी गरेको छ।




    साथै मिल भित्र प्रवेश गरेको उखु पेराई गरी पेराई सत्र ०७५/०७६ समापन गर्ने बताएको छ । यता किसानहरु खेतमा करिब १५ बिगहा मा करिब एक लाख क्विन्टल ऊखु क्रसिङ्ग हुन बाकी रहेकोले यस बर्ष मिल बन्द भएपछि किसानहरुलाई नेपाल सरकारले प्रचलित दर रेट अनुसार क्षतिपुर्ती ब्योहोर्नु पर्ने उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेश चन्द्र यादवले बताऊनु भयो ।

    ईन्दिरा सुगर मिलले यस बर्ष हाल सम्म करिब ३ लाख ५२ क्विन्टल उखु क्रसिङ्ग गरिसकेको र यार्ड भित्र रहेको करिब २५ हजार क्विन्टल क्रसिङ्ग गरि मिल बन्द गरिने मिलका बिक्री प्रमुख दुर्गा प्रसाद चतुर्वेदीले बताऊनु भयो ।
    यो बर्ष चिनीमिलहरु करिब दुई महिना ढिला संचालनमा आएको हुदाँ किसानहरुलाई निकै समस्या भोग्दै आएका छन।

    सहबान अन्सारी

    सहबान अन्सारी बुटवल अनलाइनका नवलपरासी सम्बादाता हुन्

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार