रुपन्देहीको गैंडहवामा ट्रान्सफर्मर बनाउने क्रममा एकजना गम्भिर घाईते - Butwal Online

रुपन्देही, १ जेठ ।  जिल्लाको गैंडहवा गाउंपालिकामा बिग्रीएको विद्युतको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा एकजना गम्भिर घाईते भएका छन् ।

तस्बिर : घाइते गुरुदत्त चौधरी

गैंडहवा गाउंपालिका वडा नंं ८ मैनहियामा ट्रान्सफर्मर मर्मत गर्ने क्रममा उक्त दुर्घटना भएको हो । दुर्घटनामा परि तिलोत्तमा नगरपालिका वडा नंं १४ का गुरुदत्त चौधरी गम्भिर घाईते भएको स्थानीय सन्दिप गुप्ताले जानकारी दिए । उनी विद्युत प्राधिकरण अमुवामा कार्यरत कर्मचारी हुन् । विद्युत प्रवाह बन्द गरी ट्रान्सफर्मर मर्मत गरिरहेको अवस्थामा एक्कासी विद्युत प्रवाह सूचारु गरिदिएका कारण उक्त घटना घटेको गुप्ताले जानकारी दिए । 

चौधरीको एउटा हात र एउटा खुट्टा चुडिएको छ । गम्भिर अवस्थामा उद्धार गरिएका चौधरीलाई युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारका लागि लगिएको विद्युत प्राधिकरण अमुवा ग्रिडका किशोर श्रेष्ठले जानकारी दिए । काम गरिरहेको अवस्थामा एक्कासी विद्युत लाईन जोडेपछि चौधरी १० मिनेट भन्दा बढि समय पोलमाथीनै अड्किएका थिए । त्यसपछी मात्रै उनको उद्धार गरिएको थियो ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार