निर्वाचित दलित तथा गैरदलित जनप्रतिनिधिका लागि लेखन तालिम - Butwal Online

बुटवल, १ जेठ । समाजमा रहेको जातिय विभेदको अन्त्य नहुँदासम्म समाज परिवर्तन हुन नसक्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।


दलित महिला केन्द्र नेपालले निर्वाचित दलित महिला जनप्रतिनिधि तथा गैरदलित जनप्रतिनिधिहरुलाई लक्षित गरेर राजन्ैतिक सशक्तीकरण सम्बन्धी कार्यक्रममा सामाजिक न्यायका लागि महिला लेखन कार्यशालामा यस्तो कुरा बताएका हुन् । कार्यक्रममा प्रदेश नं. ५ का ४ वटा जिल्ला रुपन्देही, नवलपरासी, पाल्पा र अर्घाखाँचीका निर्वाचित दलित तथा गैरदलित महिला जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा समाजमा महिला, दलित, तथा अल्पसंख्यक र सीमान्तकृत समुदायले भोगेका तथ्यगत सवालहरुमा लेख रचना प्रकाशन गरी स्थानीय सरकार,स्थानीय नेतृत्व तथा अन्य सरोकारवाला निकायहरुलाई सुुसुचित गरी ती सवालहरुलाई सम्बोधनका लागि सार्वजनिक वृत्त तथा संस्थागत रुपमा बहस तथा पैरवी गरी जवाफदेहि बनाई, छुवाछुत र विभेद सम्बन्धी अनुभव,र जनप्रतिनिधि भैसकेपछिको अनुभवलाई कसरी संचार माध्यमबाट बाहिर ल्याउन सकिन्छ र राज्यका हरेक नीति निर्माण तहमा पछाडी पारिएको समुदायबाट अर्थपूर्ण सहभागीता जनाउन सकिन्छ भन्ने विषयमा सहजीकरण गरिएको थियो ।

तालिमको सहजीकरण राजेन्द्र महर्जन र धनकुमारी सुनारले गर्नुभएको थियो । कार्यक्रममा पूर्व सांसद दुलारी हरिजन, शान्त थापा र रुकमणी नेपालीले कार्यक्रममा सिकेका कुराहरुलाई व्यवहारमा उर्तानका लागि र समाजमा रहेका विभेदहरुलाई बाहिर ल्याउनका लागि यस कार्यशालाले सहयोग पुग्ने बताए ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार