नेपाल राष्ट्र बैंक कर्मचारी संघको आठौं अधिबेशन सम्पन्न - Butwal Online

बुटवल ३१ बैशाख । नेपाल राष्ट्र बैक कर्मचारी संघ, सिद्धार्थनगर समितिको आठौं अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले शंकरप्रसाद भट्टराईको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ ।

जसको उपाध्यक्षमा कृष्णप्रसाद भट्टराई, सचिवमा पदमराज भुसाल, सहसचिव केशव श्रेष्ठ र कोषाध्यक्षमा सुशिल खनाललाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा गुलाब धवल, पुष्कर खनाल, नविन आचार्य र गंगााधर पोखरेल चयन भएका छन ।

संघका केन्द्रीय अध्यक्ष ढुण्डिराज मिश्र, राष्ट्र बैंक सिद्धार्थनगरका प्रमुख राजेन्द्रप्रसाद भट्टराई, नेपाल वित्तिय सस्था कर्मचारी संघ, सिद्धार्थनगरका अध्यक्ष रमेश सारु, नेपाल राष्ट्र बैंक कर्मचारी संघ, केन्द्रीय महासचिव गोविन्द प्रसाद भण्डारीलगायतले शुभकामना ब्यक्त गरेका थिए ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार