युवा संघ नेपाल रुपन्देहीद्धारा शैक्षिक सामाग्री वितरण - Butwal Online

बुटवल, १ जेठ युवा संघ नेपाल रुपन्देहीले स्थापना दिवसका अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

संघको २९ औं स्थापना दिवसका अवसरमा बुटवल उपमहानगरपालिका वडा नं. ११ का १० वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण गरिएको युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष नहकुल शाही ठकुरीले जानाकारी दिए ।

१० विद्यालय बाट प्राचार्यको सिफारिसमा सिफारिस भएका १ सय २० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको उनले बताए । युवा संघ नेपालका स्थायी कमिटि सदस्य देवराज पोख्रेलको प्रमुख आत्थ्यितामा भएको कार्यक्रममा २५ हजार मुल्य बराबरको शैक्षिक सामाग्री वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै युवा संघ नेपालका स्थायी कमिटि सदस्य देवराज पोख्रेलले युवाहरु समाज रुपान्तरण संगै सामाजिक कार्यमा अग्रसर हुनुपर्नेमा जोड दिए । रोजगारी नभएको भन्दै विदेश पलायन हुनुमात्र युवाहरुको गुण नभएको भन्दै देशभित्रै अवसरको खोजीमा पनि युवाहरु लाग्नुपर्ने उनको भनाई थियो । कार्यक्रम नेकपाका बुटवल उपमहानगर कमिटि अध्यक्ष बावुराम पन्थी, युवा संघ नेपालका केन्द्रीय सदस्य हिमाल श्रेष्ठ, माधव बस्नेत लगाएतले बोलेका थिए । कार्यक्रम जिल्ला सदस्य कृष्ण राज पौडेलको स्वागत तथा सदस्य गिता ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार