नवलपुरमा पनि पत्रकारको बिरोध - Butwal Online
नवलपुरमा पनि पत्रकारको बिरोध

कावासोती १ जेठ 
सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको बिरुद्दमा येन जारी गर्न लागेको भन्दै देशभरका पत्रकार आन्दोलित भएका छ्न् ।
नवलपुरमा पनि पत्रकारहरुले सरकारी कदमको बिरोध गर्दै प्रदशन गरेका छन् ।

नेपाल पत्रकार महासंघ नवलपुर को आयोजनामा आज कावासोतिमा प्रदर्शन गरिएको हो । महासंघका अध्यक्ष होमराज रानाभाट को नेतृत्वमा निस्किएको बिरोध र्यालिमा जिल्लाका अधिकांश पत्रकारहरुको उपस्थिती थियो । पत्राकारहरुले पुर्ण प्रेस स्वतन्त्रताको माग गर्दै प्रेस स्वतन्त्रता बिरोधी गतिबिधी नगर्न सरकारलाई सचेत गराएका थिए । बुधबारनै कावासोतिमा सरोकारवाला हरुबिच अन्तर्कृया कार्यक्रम समेत सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ गण्डकि प्रदेशका कोषाध्यक्ष दिपक भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको विशेष अथितिमा नेपाल वार एसोसिएनका नवलपुर जिल्ला अध्यक्ष गणेश सापकोटा हुनुहुन्थ्यो । कार्यक्रमका बक्ताहरुले मिडिया काउन्सिल बिधेयक अधिनायकवादको नमुना भएको भन्दै सो खारेजी को माग गरेका थिए । नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष होमराज रानाभाट को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण सचिब प्रेम न्यौपानेले गर्नु भएको थियो । पत्रकारहरुले बुधाबार दिनैभर हातमा कालोपट्टी बाधेर काम गरेका थिए ।

सदिक्षा गैरे

सदिक्षा गैरे बुटवल अनलाइनका नवलपुर सम्बादाता हुन् ।

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार