लुम्बिनी प्रेस क्लबको सरसफाई अभियानको शुभारम्भ (फोटो फिचर) - Butwal Online

भैरहवा, १ जेठ
लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर रुपन्देहीले बुधवार सरसफाई अभियानको शुभारम्भ गरेको छ । क्लबको सामाजीक उत्र दायित्व कार्यक्रम अन्तरगत बुधवार देखी सरसफाई अभियानको शुभारम्भ गरिएको क्बलका अध्यक्ष दिपेश पछाईले बताए ।

क्लबको बार्षिक कार्ययोजना अन्तरगत २५६३ औं बुद्ध जयन्ती, लुम्बिनी दिवस एवं लुम्बिनी भ्रमण वर्ष २०७६ को पूर्व संध्यामा सरसफाई अभियान शुभारम्भ गरेको हो । लुम्बिनी बाट सुभारम्भ गरिएको कार्यक्रममा क्लबले मर्चवार , भैरहवा , धकधई लगायतका स्थानहरुमा गर्ने छ ।
प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी वर्ष सफल पार्न लुम्बिनी बाट सुरुवात गरिएको हो । लुम्बिनी स्थित महिलावार चोकबाट सुरु भएको सरसफाई कार्यक्रम मायादेवी मन्दिर पुगेर समापन भएको थियो ।

सरसफाई कार्यक्रम पश्चात बोल्दै लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्ıमुनी शाक्यले लुम्बिनी भ्रमण वर्ष सफल पार्न सबैको सहयोग आवश्यक रहेकोमा जोड दिए । लुम्बिनी भ्रमण बर्ष २०७६का सरसफाई तथा सौन्दर्यकरण उपसमितिका संयोजक सागर अधिकारीले लुम्बिनी प्रेस क्लबले आयोजना गरेको कार्यक्रम प्रशसंनीय रहेको बताए । भ्रमण बर्षलाई सबैले आ आप्नौ क्षेत्रबाट सहयोग हुनु पर्नेमा उनले जोड दिए ।


कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिका कार्यकारी प्रमुख मोहन पौडेल, सरसफाई तथा सौन्दर्यकरण उपसमितिका सदस्य तथा बुद्ध प्रगतिशिल महिला समुह अध्यक्ष मन्जु ढकाल, सिद्धार्थ होटल एशोसियसन लुम्बिनी अध्यक्ष मिथुन श्रेष्ठ, महासचिव लिला मणी पौडेल, लुम्बिनी प्रेस क्लबका सल्लाहकार चेतन पन्त, कमल रायमाझी, माधव ढुङ्गाना, नारायण सापकोटा , क्लबका पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार, स्थानीयवासी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतको सहभागीता रहेको थियो ।

लुम्बिनी क्षेत्रलाई सफा राख्न जनचेतना अभिवृद्धि गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक विन्दु कुमार चौहानले बताए । क्लबका महासचिव सम्झना शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा लुम्बिनी सांस्कृतीक नगरपालीका , लुम्बिनी भ्रमण बर्ष २०७६ सरसफाई उपसमिती , लुम्बिनी बिकास कोष लगायतको सहयोगमा सम्पन्न भएको थियो ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार