समृद्धिका लागि शिक्षाको बिकास आबश्यक : कोईराला - Butwal Online
समृद्धिका लागि शिक्षाको बिकास आबश्यक : कोईराला

कावासोती, १ जेठ 
नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले शिक्षाको बिकास बिना समृद्धि आउना नसक्ने बताउनुभएको छ । उहाँले शिक्षानै समृद्धिको आधार भएको बताउनुभयो ।


नवलपुरको कावासोति नगरपालिका वडा नम्बर ६ मा रहेको जनता माध्यमिक बिद्यालयको प्राबिधिक शिक्षा संचालन गर्ने भवनको बुधबार शिलान्यास गर्दै कोइरालाले आफू पनि शिक्षा प्रेमी भएकाले शिक्षा क्षेत्रको बिकासका लागि अहोरात्र खट्ने बताउनुभयो । उहाले शिक्षा क्षेत्र सङ आफू निकट रहेको भन्दै शिक्षाको बिकासमा आफुले सधै जोड दिने बताउनुभयो ।

नवलपुर क्षेत्र नम्बर १ बाट निर्बाचित सांसद समेत रहेका कोईरालाले यश क्षेत्रको बिकासका लागि आफू लागि परेको बताउनुनुभयो ।
भवन शिलान्यास कार्यक्रममा काङ्रेस केन्द्रिय सदस्य दिपक गिरि , गण्डकी प्रदेशसभाका सदस्य कृष्ण चन्द्र नेपाली , ओमकला गौतम , समाजसेवि श्याम श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

बिधालय ब्यबस्थापन समितिका अध्यक्ष झबिन्द्र प्रसाद काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक घनश्याम भुसालले स्वागत गर्नु भएको थियो । कार्यक्रमको संचालन शिक्षक श्रीखण्ड काफ्लेले गर्नु भएको थियो । कार्यक्रममा कावासोती वडा नम्बर ६ का जनप्रतिनिधि , अभिभावक , शिक्षक बिध्यार्थी , स्थानिय बुद्दिजिबी समाजसेवी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।

सदिक्षा गैरे

सदिक्षा गैरे बुटवल अनलाइनका नवलपुर सम्बादाता हुन् ।

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार