जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई निशुल्क चिया कफि दिने - Butwal Online

भैरहवा, १ जेठ
हरेक महनिाको पहिलो दिन नया कार्यक्रम गर्दै आएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुधवार देखी कार्यालयमा आउने सेवाग्राहीहरुलाई निःशुल्क रुपमा चिया र कफी खुवाउन सुरु गरेको छ ।

निशुल्क सेवाको प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले सुभारम्भ गरेका छन् । कार्यालय परिषरमा सेवाग्राहीहरु बस्नका लागी सुबिधा सम्पन्न गोलघरको पनि निमार्ण गरेको छ । उद्धघाटन कार्यक्रममा बोल्दै प्रजिअले प्रत्येक महिना केही नया काम गर्ने उद्धेश्ययका साथ निशुल्क चिया र कफी सेवा तथा बगैचाको शुभारम्भ गरिएको बताए ।


केही समय अघि कार्यालयले शुरु गरेको पुस्तकालयमा पत्रपत्रिका तथा आफु संग भएका पुस्तक सहयोग गर्न पत्रकाहरु संग आग्रह गर्नु गरे । निशुल्क चिया र कफी सेवा तथा बगैचा स्थापनामा सहयोग अर्घाखाची सिमेन्टका निर्देशक राजेश कुमार अग्रवाल र नमुना एकिकृत बिकास परिषदको अध्यक्ष ज्ञानु पौडेलले गरेका थिए । कार्यालयले यस भन्दा अघिनै सेवाग्राहीका लागी प्रथामिक उपचार केन्ı, पुस्तकालय, टोकन प्रणाली, चिसो र तातो पानी लगायतका सुबिधा शुरु गरि सकेको छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार