बुटवल सङ्गमपथका दुई पसलमा आगलागी, करोड बढीको क्षति - Butwal Online
बुटवल सङ्गमपथका दुई पसलमा आगलागी, करोड बढीको क्षति

बुटवल, २ जेष्ठ 
बुटवलको व्यस्त बजार सङ्गमपथका दुई पसलमा हिज साझ आगोलागी भएको छ । बुटवल ६ सङ्गमपथ स्थित हरी प्रधानको तिन तले घरमा साझ साढे ९ बजे बिद्युत सर्ट भई आलोलागी हुदा सोही घरमा सञ्चालनमा रहेका जुत्ता पसल र ब्याग पसलमा पूर्णरुपमा क्षति भएको छ ।


बुटवल उपमहानगरपालिकाको दमकल , स्थानीय र प्रहरीको सहयोगमा राति १० बजे  आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।


प्रहरीका अनुसार व्यवसायी राजु श्रेष्ठले सञ्चालन गर्दै आएको गुल्मी रेसुङ्गा ट्रेडर्स ((जुत्ता पसल) र बुटवल आदर्श नगर बस्ने उमेश चन्द्र गुप्ताको सगरमाथा ट्रेड्स ( ब्याग पसल ) का सबै सामान जलेर नष्ट भएका छन । आगोलागि बाट ब्याग पसलमाको ५० लाख र जुत्ता पसलको ६० लाख गरि १ करोड दश लाख बराबरको क्षति भएको छ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार